‘सेतो हिमाली गिद्ध मनाङ’मा देखा पर्न थालेको छ । सो प्रजातिको गिद्धलाई विश्व संरक्षण सङ्घ (आइयुसिएन)ले सन् २०१७ मा लोपोन्मुख पंक्षी बर्गमा राखेको थियो ।
विश्वमा २३ प्रजातिका गिद्ध पाइने भए पनि नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । खैरो गिद्धबाहेक अन्य आठ प्रकारका गिद्धलाई नेपालमा लोपोन्मुखको सूचीमा समावेश गरिएको छ ।
नेपालका प्रसिद्ध पंक्षीविद हेमसागर बरालले घरपालुवा चौपाया बिरामी परेको अवस्थामा उपचारगर्दा डाइक्लोफिनाक लगायत एनएसएआइडीजस्ता औषधिको प्रयोग गरिनु नै गिद्ध लोप हुनुको मुख्य कारण भएको बताउनुभयो ।