संविधानको धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपतिद्वारा बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न पद तथा गोपनीयताको शपथ लिँदै छन् । शपथका लागि शीतल निवासमा एक विशेष समारोहको आयोजना गरिएको छ ।
संसदमा विश्वासको मत लिन नसकेर पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले ३ दिनपछि पुनः प्रधानमन्त्री नियुक्त गरेकी हुन् । अब ओलीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ ।
बहुमतीय सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समय सोमवार सकिएप...