जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी काँग्रेसका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । काँग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता रामसरोज यादवसहित ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख राजेश झाले एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ दिलाए । नवनियुक्त मन्त्रीमध्ये यादवले भौतिक पूर्वाधार तथा यातायात, शर्माले ऊर्जा तथा खानेपानी र सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेका छन् यो पनि माग