नेपाल लाइफ ७० प्रतिशत लाभांश दिने

१४ फागुन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ७० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ४२ बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको यो निर्णय बीमा समितिबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।

सम्बन्धित सामग्री

बाँडफाँट भएको २८ दिनमा सूचीकृत भयो रिलायबल नेपाल लाइफको आईपीओ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको २८ दिनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत गराएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा साउन २३ देखि साउन २६ गतेसम्म विक्री गरेको आईपीओ साउन ३१ गते बाँडफाँट गरेको थियो । कम्पनीले संस्थापक र सर्वसाधारण समेतको कुल ४ करोड कित्ता आईपीओ नेप्सेमा भदौ २७ गते सूचीकृत गराएको हो ।  कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ७० प्रतिशत अर्थात् २ करोड ८० लाख कित्ता र सर्वसाधारणतर्फको ३० प्रतिशत अर्थात् १ करोड २० लाख कित्ता स्वामित्व छ । सर्वसाधारणतर्फको शेयर बिहीवार सार्वजनिक बिदा परेकाले आगामी आइतवारदेखि कारोबारमा आउनेछ ।  कम्पनीको शेयर कारोबार आरएनएलआई स्टक संकेतबाट हुने जानकारी नेप्सेले दिएको छ । कम्पनीको आरटीएस सेवा काठमाडौंको ज्ञानेश्वरस्थित रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कार्यालयबाट हुनेछ । सर्वसाधारणमा प्रिमियम मूल्यसमेत प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सर्वसाधारण तर्फको कुल कित्ता स्वामित्वमा वैदेशिक रोजगारीमा रहेका नेपालीको १२ लाख कित्ता, कर्मचारीहरूको ६ लाख कित्ता, सामूहिक लगानीकोषको ६ लाख कित्ता र बाँकी ९६ लाख कित्ता भने सार्वजनिक निष्कासनमार्फत आम सर्वसाधारणमा विक्री गरिएको हो ।  कम्पनीका कर्मचारीहरूमा भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गरिएको हो । जीवन बीमा कम्पनीहरूका लागि ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाबमोजिम कम्पनीले पनि चालू आर्थिक वर्ष ०८०÷८१ भित्र ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । थप १ अर्ब पूँजी कम्पनीले बोनस शेयरमार्फत संकलन गर्ने देखिन्छ । कति पायो खुला मूल्य ?  कम्पनीको पहिलो कारोबारका लािग नेप्सेले खुला मूल्य समेत निर्धारण गरेको छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा त्यसको तीन गुणा सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता १६२ रुपैयाँ २९ पैसादेखि अधिकतम प्रतिकित्ता ४८६ रुपैयाँ ८७ पैसासम्मको मूल्य रेञ्ज तोकिदिएको हो ।  नेप्सेले तोकेको खुला मूल्यकै आधारमा आइतवार स्पेशल प्रि ओपनिङ सेसनमा कम्पनीको शेयर कारोबार भएमा मात्र नियमित सेसनमा कारोबार शुरू हुनेछ ।

रिलायबल नेपाल लाइफको आईपीओ सर्वसाधारणमा बाँडफाँट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक सिभिल क्यापिटलले बुधवार साँझ सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको ९६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले साउन २३ देखि साउन २६ गतेसम्म सर्वसाधारणमा उक्त आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । तोकिएको अवधिभित्र कुल १३ लाख ६४ हजार ३५३ जना आवेदकहरूले कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएको विक्री प्रबन्धकको भनाइ छ । कुल आवेदकहरूमध्ये १३ लाख ५६ हजार ८३६ जनाको आवेदन मात्र रितपूर्वक प्राप्त भएको हो । रितपूर्वक नभएका ७ हजार ५१७ जनाको आवेदन रद्द भएको जानकारी समेत विक्री प्रबन्धकले गराएको छ । रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा भाग्यमानी ९ लाख ६० हजार जना आवेदकले मात्र १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ विक्री गरेको हो ।  सर्वसाधारणमा प्रिमियम मूल्यसमेत प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियमबापत १५७ रुपैयाँ थप गरेको हो ।  कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिएको हो । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै विक्री गरेको हो । यीबाहेक ६ लाख कित्ता आईपीओ सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिएको छ ।  हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी २ अर्ब ८० करोड रुपैयाँ छ । कम्पनीको सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ कायम भएको छ । संस्थापकतर्फ ७० प्रतिशत शेयर कायम रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गरेको हो ।  जीवन बीमा कम्पनीहरूका लागि ५ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाबमोजिम कम्पनीले पनि चालू आर्थिक वर्ष ०८०/८१ भित्र ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । थप १ अर्ब पूँजी कम्पनीले बोनस शेयरमार्फत संकलन गर्ने देखिन्छ ।

जीवन बीमा कम्पनीहरूले ३४० प्रतिशतसम्म कमाए मुनाफा

काठमाडौं । १८ जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणअनुसार यी कम्पनीहरूको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७० प्रतिशत वृद्धि भएको छ ।  १८ कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ८२ करोड नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ३ अर्ब ९ करोडभन्दा बढी पुर्‍याएका छन् । चालू आवमा बीमा कम्पनीहरूको आम्दानीसँगै नाफा पनि बढेको छ ।  गत वर्ष शेयर बजार घट्दा अधिकांश बीमा कम्पनीहरूले शेयर बजारमा गरेको लगानीको प्रोभिजनिङ गरेका थिए । लागत मूल्यभन्दा बजार तल झरेपछि कम्पनीहरूले धेरै रकम प्रोभिजन गर्नुपरेको थियो ।  यस वर्ष मङ्सिर महीनामा सम्पन्न निर्वाचनपछि शेयर बजारमा उछाल आउँदा बीमा कम्पनीहरूले राइट ब्याक गर्न सफल भएका छन् । सोही कारण बीमा कम्पनीहरूको नाफा बढेको हो । साथै चालू आवमा बढ्दो ब्याजदरले पनि बीमा कम्पनीहरूको नाफा बढ्न सहयोग पुर्‍याएको देखिन्छ ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाएको छ । यस कम्पनीले सो अवधिमा मात्रै रू. ४४ करोड १ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २३७ प्रतिशत बढी हो । गत आवमा कम्पनीले रू. १३ करोड ४ लाख नाफा कमाएको थियो । त्यस्तै दोस्रोमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू. ३५ करोड ३९ लाख नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३४० प्रतिशत बढी हो । गत आवमा कम्पनीले रू. ८ करोड २ लाख नाफा कमाएको थियो ।  त्यस्तै सबैभन्दा कम नाफा राष्ट्रिय बीमा संस्थानको रहेको छ । यस कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. १ करोड २ लाख नाफा कमाएको छ । गत आवमा यसै अवधिमा कम्पनीले रू. ८६ लाख १३ हजार नाफा कमाएको थियो ।

एनएलआइसीले दिने भयो ७० प्रतिशत बोनश

काठमाडौं, फागुन १४ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआइसी) ले यसपटक ७० दशमलव ५३ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीले ४२ प्रतिशत शेयर र २८ ...

नयाँ जीवन बिमा कम्पनी ‘सन नेपाल लाइफ’ संचालनमा

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ। अनुज कायल अध्यक्ष रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब रहनेछ। जसमा ३० प्रतिशत सेयर सर्वसाधारणले पाउने छन्। कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ। काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले उद्घाटन गरे। एम्बेस्डरका रुपमा धुर्मुस र सुन्तलीलाई नियुक्त गर्दै…