काठमाडौं : स्वस्थ रहनका लागि पौष्टिक आहार महत्त्वपूर्ण हुन्छ। हिजोआज मानिसलाई कम उमेरमै अनेक रोग लाग्न थालेको छ। यसको प्रमुख कारण गलत खानपान र गलत जीवनशैली हो।पोषण अभावका कारण कम उमेरमै कमजोर रोग प्रतिरोधात्मक क्षमता, जोर्नी दुख्ने, हड्डी कमजोर हुने, मुटुरोग जस्ता समस्या देखिन्छ। स्वस्थ रहनका लागि हरेक उमेरमा पौष्टिक खानेकुरा प्रयोग गर्न आवश्यक छ। त्यसकारण ३० वर्ष उमेर कटिसकेपछि खानपानमा विशेष ध्यान दिनुपर्छ।भटमास : भटमासमा प्रोटिन प्रशस्त हुन्छ। मेटाबोलिक प्रणालीलाई स्वस्थ राख्न