प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताए ।आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री बडुले संसदलाई जनताप्रति जवाफदेही बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका हुन् । संसद्को गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भीरतापूर्वक लिएको बताए । सर्वोच्च अदालतले पनि संसद […]

सम्बन्धित सामग्री

समितिको नाम हेरफेर, संख्या चार

राष्ट्रियसभाको पूर्ण कार्यकाल ६ वर्ष पुग्दा राष्ट्रियसभा नियमावली परिमार्जन कार्य अन्तिम चरणमा पुगेको छ।...

दुईपटक विघटन भए पनि प्रतिनिधिसभाले पायो पूर्ण कार्यकाल

काठमाण्डाै – विभिन्न आरोह–अवरोह, उल्लेखनीय मोडहरू पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौँ अहम् विषयलाई निष्कर्षमा पुर्‍याएर केही विषय सघन विमर्शका लागि सुम्पेर सङ्घीय संसद, प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गरेको छ । यो प्रतिनिधिसभा विसं २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुईपटक विघटन भयो र दुवैपटक जनताको पहलकदमी र सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएको हो । संविधानमा उल्लेखित शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप शक्ति सन्तुलन र नियन्त्रणसहितको संवैधानिक सर्वोच्चताको विषय प्रतिनिधिसभाको यो अवधिमा...

दुई पटक विघटन भएर पनि पूर्ण कार्यकाल

काठमाडौं । संघीय संरचनामा पहिलो पटक भएको निर्वाचनपछिको प्रतिनिधि सभाले आफ्नो कार्यकाल पूरा गरेको छ । शनिबार प्रतिनिधि सभाको कार्यकालको अन्तिम दिन हो । राजनीतिसँगै कोरोना संक्रमण दुुवैको चपेटामा परेको सभाले पछिल्लो अवधिमा केही गति लिन प्रयत्न गरे पनि कार्यकालको एक तिहाइ समय व्यर्थमा गुजा¥यो । जसले नेपालको संविधान कार्यान्वयनका लागि निर्माण गर्नुपर्ने केही कानुन […]

पाकिस्तानमा कुनै प्रधानमन्त्री पूर्ण कार्यकाल टिकेनन्

एजेन्सी, २६ चैत्र । पाकिस्तान दक्षिण एशियाको दोस्रो ठूलो देश हो । भूराजनीतिक दृष्टिले भारत, चीन, इरान र अफगानिस्तानसँग जोडिएकाले महत्वपूर्ण मानिन्छ । मध्य एशियाका पूर्वी सोभियत राज्यहरु र भारतको बीचमा अफगानिस्तान र पाकिस्तान जस्ता देशहरु छन् । यसकारण पनि इस्लामिक राज्य पाकिस्तान र अफगानिस्तानमा शक्ति राष्ट्रहरुको चासो छ । पाकिस्तानमा अफगानिस्तानको बलियो प्रभाव छ […]

नियत समयमै निर्वाचन

त्यो बेला ओलीले गरेको विघटन बेठीक हुने र अहिले यो गठबन्धनले गरेकोचाहिँ ठीक भन्ने हुँदैन। त्यसैले अहिलेको संसद्लाई पूर्ण कार्यकाल चलाउनका निम्ति प्रयत्न गर्नु आवश्यक छ।...

‘संसद्लाई जनताप्रति जवाफदेही बनाएर पूर्ण कार्यकाल चलाउनुपर्छ’

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकपछि आइतबार सञ्चारकर्मीसँग मन्त्री बडूले संसद्लाई जनताप्रति जवाफदेही बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताए। संसद्को गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भीरपूर्वक लिएको बताए। सर्वोच्च अदालतले पनि संसद् पूर्ण कार्यकाल […]

गठबन्धनको सरकार ढल्दैन, पूर्ण कार्यकाल टिक्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको गठबन्धन सरकार पूर्ण कार्यकाल टिक्ने बताएका छन् । मंगलवार संखुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री शर्माले गठबन्धन सरकार निरन्तर चल्नेमा शंका नगर्न आग्रह गरे । अहिलेको सरकार जनताबाटै निर्वाचित सरकार भएकाले पूर्ण कार्यकालसम्म रहने उनको भनाइ थियो ।  नेकपा माओवादी केन्द्र संखुवासभाले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन मन्त्री शर्मा मंगलवार संखुवासभा आएका हुन् । अहिलेको सरकार प्रतिगमनकारी शक्तिलाई परास्त गरेर आएको हुनाले पूर्ण ...

बाबुरामको टिप्पणी–भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले केपी ओलीलाई सत्ताबाट बिदा गरेर संसदको पूर्णकार्यकाल सुनिश्चित गरिएको टिप्पणी गरेका छन् । उनले ओलीलाई भष्मासुरको संज्ञा समेत दिएका छन् । ‘अन्ततः भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो’, भट्टराईले ट्वीटरमा भनेका छन्, ‘नेकपाको २/३ बहुमत कांग्रेस गठबन्धनमा सर्यो ! १२ बुँदे समझदारी र शान्ति सम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडियो। पर्दा पछाडिका खेलाडीहरूको खेलमा तत्काल विराम लाग्यो।’ अझैपनि सर्तक ...