जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले केपी ओलीलाई सत्ताबाट बिदा गरेर संसदको पूर्णकार्यकाल सुनिश्चित गरिएको टिप्पणी गरेका छन् । उनले ओलीलाई भष्मासुरको संज्ञा समेत दिएका छन् ।
‘अन्ततः भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो’, भट्टराईले ट्वीटरमा भनेका छन्, ‘नेकपाको २/३ बहुमत कांग्रेस गठबन्धनमा सर्यो ! १२ बुँदे समझदारी र शान्ति सम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडियो। पर्दा पछाडिका खेलाडीहरूको खेलमा तत्काल विराम लाग्यो।’
अझैपनि सर्तक ...