रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिकाकी एक गर्भवती महिलालाई हेलिकोप्टरद्वारा उद्धार गरेर अस्पताल पठाइएको छ। पुथाउत्तरगंगा–१ मैकोटकी–१९ वर्षीया भुमिका पुन मगरलाई मंगलबार हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत पठाइएको हो। महिलालाई गएराति १२ बजे देखि सुत्केरीको व्यथा लागेपछि स्वास्थ्य चौकी मैकोटमा पुर्याइएको थियो। स्वास्थ्य चौकी मैकोटमा बच्चा जन्माउन नसकेको र झन समस्या भएपछि प्रमुख जिल्ला अधिकारी राजकुमार राईको समन्वयमा हेलिकोप्टरद्वारा उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य संयोज