सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

जिल्ला अस्पताल, सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो।

सम्बन्धित सामग्री

सुत्केरी हुन नसकेपछि रीतुको हेलिकप्टर उद्धार

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–३ बाट एक गर्भवतीको उद्धार गरिएको छ। सिलिचोङ–३ ताम्कूकी गर्भवती २७ वर्षीया रीतु राईको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। सिलिचोङ–३ ताम्कूकी गर्भवती राई मंगलबार ६ बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कू भर्ना भएकी थिइन्। सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ।आठ घण्टाभन्दा बढी लामो समय बेथा लागेकी गर्भ

गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

बाजुरा, २ चैत । बाजुरामा एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्ला अस्पतालमा उपचाररत बडीमालिका नगरपालिका–९ की २१ वर्षीया सम्झना सुनारको आज हेलिकप्टर मार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार गर्भवती सुनार जिल्ला अस्पतालमा सुत्केरी हुन आएका थिए । उनको अवस्था जटिल भएपछि थप उपचारका लागि हेलिकप्टरमा कैलालीको धनगढीस्थित […]

उत्तरी गोरखामा गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

१४ भदौ, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवासकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार भएको छ । सामान्य रुपमा बच्चा जन्माउन नसकेपछि २२ बर्षिया रितु गुरुङलाई वुधवार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । गाउँपालिकाका प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठका अनुसार उनी मंगलवारदेखि नै सिर्दिवास स्वास्थ्यचौकीमा भर्ना भएर बसेकी थिइन् । ‘अघिल्लो दिनदेखि नै […]

बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

बैतडी। बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ। जिल्लाको सिगास गाउँपालिका– ६ थालाकी २० वर्षीय बिन्दु धामीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। आज बिहान करिब ११ बजे थालाकाडाबाट बिन्दु धामीलाई नेपालगञ्ज लगिएको छ।

गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

उत्तरी गोरखाको सिद्धिबासबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका ३ बाट २५ वर्षीय छिरिङ डोम्मा गुरुङलाई मंगलबार बिहान १०ः५५ मिनेटमा उद्धार गरिएको हो । प्रश्रब व्याथाले च्यापेर समस्यामा रहेकी उहाँलाई राष्ट्रपती महिला उत्थान अन्र्तगत दुर्गम क्षेत्रका गर्भवतीको स्वास्थ्य उपचार कार्यक्रम मार्फत उद्धार गरिएको चुमनुब्री गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो । ‘उहाँलाई निकै समस्या भएको खबर हामीले पायौं,’ श्रेष्ठले भन्नुभयो, ‘राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकप्टर मगाएर रेस्क्यू गर्न सफल भएका छौं ।’ जिल्ला प्रशासन कार्यालय गोरखा, चुमनुब्री गाउँपालिका र स्थानीय सिद्र्धिबास स्वास्थ्य चौकीको समन्वयमा उहाँलाई थापाथली स्थित प्रसुति गृहमा लगिएको छ ।

जटिल समस्या भएका गर्भवती महिलाको उद्धार गर्न हेलिकप्टर प्रभावकारी

पाँच वर्षदेखि सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन गरेको हवाई उद्धार सेवाका कारण जटिल समस्या भएका गर्भवती महिला तथा सुत्केरीको जीवन जोगाउन सकिएको अधिकारीहरू बताउँछन्।

दुई सय ११ सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

कर्णाली प्रदेशमा हालसम्म दुई सय ११ जना सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत कर्णालीका सुर्खेत बाहेकका नौ जिल्लाका दुर्गम क्षेत्रहरूमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।