संखुवासभा – संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१ किमाथांकाबाट गर्भवती महिलाको उद्धार गरिएको छ। अत्यधिक रक्तस्राव भएकी भोटखोला–१ किमाथांका निवासी १७ वर्षीया गर्भवती पेम्बा ल्हामु च्यावाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य सहसंयोजक स्टाफ नर्स अमृता तामाङले बताइन्। गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको […]