काठमाडौँ : नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएको ‘सूर्य किरण’ संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ। गत मंसिर ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त अभ्यास आज (शुक्रवार) समापन भएको हो।नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको ‘सूर्य किरण’ संयुक्त अभ्यास प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद, जोखिम व्यवस्थापनमा आधारित थियो।नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यो अभ्यासको १७ औँ संस्करण यसपटक भारतमा सञ्चालन भएको हो। अभ्यासको निरीक्षणका ला