काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।निर्वाचन खर्च विवरण नबुझाएको भन्दै जरिवाना गर्ने आयोगको निर्णयविरुद्ध बालेनले रिट दायर गरेका हुन्। आयोगले मेयर बालेनसहित सयौं उम्मेदवारलाई निर्वाचन खर्च नबुझाएको भन्दै जरिबाना गर्ने निर्णय गरेको थियो। उनले आफूले कानुनले तोकेको समयभित्रै खर्च विवरण बुझाएको दाबी गरेका छन्। ‘म निवेदकले ३० दिने म्यादको अन्तिम दिनमा विदा परेमा त्यसको लगत्तै अड्डा खुलेको पहिलो दिनमा विवरण