प्रदेश १ मा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक मत परिणाम आएसँगै समानुपातिक कोटाबाट को को सांसद बन्लान् भन्ने सर्वत्र चासो छ । ९३ जना प्रदेशसभा सदस्यमध्ये ५८ जना प्रत्यक्ष र ३७ जना समानुपातिक तर्फबाट छानिने कानुनी व्यवस्था छ । प्रत्यक्षका ५८ मध्ये नेकपा एमालेले २५, नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा एसले ३ र राप्रपाले २ सिट जितेका छन् । समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएको नेकपा एमालेले थप १५ सांसद सिट पाउने छ । एमालेले प्रदेश १ मा ६ लाख ६५ हजार ४६० मत प्राप्त गरेको छ । काँग्र