काठमाडौं। कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेस सरकारमा च्याँखे थाप्ने नभई प्रतिपक्षमा बस्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिपक्षमा रहेको दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएपनि पार्टीको निर्णयपछि आफूहरूले विश्वासको मत दिएको बताए। उनले कांग्रेस प्रतिपक्षमा रहने बताए। उनले भने, 'पार्टीले निर्णय गरेपछि हामीले निर्णय मान्यौँ तर, काँग्रेस निरन्तर रुपमा प्रतिपक्षमा नै रहन्छ ।'