-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सेती अञ्चल अस्पतालमा आवश्यक पूर्वाधार र उपकरणको अभाव हुन नदिने बताएका छन् । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मंगलबार आयोजित सेती अञ्चल अस्पताल क्षेत्रको सरसफाइ कार्यक्रमको नेतृत्व गदै मख्यमन्त्री भट्टले त्यसका लागि अस्पतालको व्यवस्थापन पक्ष, स्वास्थ्यकर्मी र कर्मचारीले इमान्दारिताका साथ काम गर्नुपर्ने बताए ।