नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।
मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारण सभाका अवसरमा शनिवार विराटनगरमा आयोजित कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको बताए ।
केन्द्रीय सदस्य कोइरालाले राष्ट्रलाई हामीले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै संविधान, लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न नागरिक समाज एवं राजनीतिक दलको क...