स्वतन्त्र उम्मेदवारले कुनै राजनीतिक दलको झण्डासहित निर्वाचन प्रचारमा लागे कारबाही गर्ने कानुनी व्यवस्था नभएको पाइएको छ । निर्वाचन ऐनमा यससम्बन्धी व्यवस्था नभएकै कारण स्वतन्त्र उम्मेदवारले दलको झण्डा नै बोकेर निर्वाचन अभियानमा लाग्दा पनि निर्वाचन आयोग र आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले कारबाही गर्न सकेका छैनन् ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्वतन्त्र उम्मेदवारले दलको झण्डा बोकेर मत माग्दै हिँडे के गर्ने भन्ने कानुनी व्यवस्था नभएको बताए । शनिबार निर्वाचन चिह्न