मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरेमा कारबाही गर्ने मधेशी आयोगको चेतावनी

काठमाण्डाै – मधेशी आयोगले मधेशी समुदायमाथि लक्षित गरि अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ । आयोगले आज आइतवार विज्ञप्ति निकालेर मधेशी समुदायलाई लक्षित गरी प्रयोग गरिने अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता शब्द प्रयोग गर्ने जुनसुकै व्यक्ति वा संस्थामाथि नेपालको प्रचलित कानुनअनुसार कारबाही हुने मधेशी आयोगले चेतावनी दिएको छ । आयोगका अध्यक्ष डा. विजयकुमार दत्तसहित आयोगका सदस्यबाट यस्ता संवेदनशील घटनाहरूको अनुगमन हुने गरेको र सम्बन्धित निकायलाई यथाशीघ्र छानबिन गरी दोषीलाई कडा...