काठमाडौं । प्राइम कमर्सियल बैंकले आज अर्थात जेठ ३ गते देखि ३ लाख ५१ हजार ८१७ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । उक्त लिलामी शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनी सहित अन्य इच्छुक व्यक्ति तथा संघ संस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।
संस्थापक सेयरको प्रतिकित्ता रू. १३० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन ।
लगानीकर्ताले शेयर खरीदको लागि न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नछन भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ ।
बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । लगानीकर्ताले सानिमा क्यापिटल नक्साल, काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा जेठ १७ गतेसम्म आवेदन दिन सकिन्छ । सो अवधिमा प्राप्त भएका बोलपत्र जेठ १७ गते अपरान्ह ४ बजे खोल्ने पनि कम्पनीले जानकारी गराएको छ । धितोपत्रको दोस्रो बजारमा कम्पनीको संस्थापक शेयर मूल्य प्रतिकित्ता रू.१४७ मा कारोबार भइरहेको छ ।