कांग्रेसको १४ औं महाधिवेशनबारे छलफल गर्न मंगलबार बसेको बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिलाई निर्देशन दिए, ‘तपाईंहरुलाई कुनै हस्तक्षेप छैन । मंसिरभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्नुस् ।’ देउवाको निर्देशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पनि सहमत भए ।