काठमाण्डू उपत्यकासहित आठ जिल्लाका बालबालिका तथा किशोरकिशोरीलाई फाइजर खोप दिने तयारी भइरहेको छ। त्यसका लागि विद्यालय र विद्यार्थी सङ्ख्याको आधारमा खोप माग गरिएको छ। तर गुम्बा, गलैँचा कारखाना, इँटाभट्टाजस्ता स्थानमा रहेका पनि लक्षित वर्गले कहिले पाउलान् कोभिड खोप?