म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित सिद्दीदात्री भगवती कोत मन्दिर पुन:निर्माण गरिएको छ। यो कोत तीन शताब्दी अघि बनाइएको थियो।तत्कालीन पर्वत राज्य अन्तर्गतको ऐतिहासिक डढेकोट दरवारसँग सम्बन्ध राख्ने कोत राम नवमीको अवसर पारेर उद्घाटन गरिएको हो।पर्वते राजा डिम्बबम मल्लले शक्तिस्वरुपा देवीको पूजाआजा गर्ने र हातहतियार भण्डारण गर्ने ठाउँलाई पुन:निर्माण गरी चिटिक्क बनाएर सिद्धिदात्री भगवती कोत मन्दिर नामाकरण गरिएको हो।यो कोत नेपालमा बाइसे–चौबीसे राज्य रहँदाताका तत्क