थाइल्यान्डमा रात्रि क्लब र दक्षिण कोरियामा अस्पतालमा आगलागी हुँदा १९ जनाको ज्यान गएको छ । यी घटनामा कम्तीमा ५६ जना घाइते भएका छन् ।
थाइल्यान्डकाे चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा भएको आगलागीमा परि १४ जनाको ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आगलागीमा परेर १२ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
घटनास्थलबाट उद्धारकर्ताले १८ जनाको उद्धार गरेका थिए । यस्तै दक्षिण कोरियाको अस्पतालकाे भवनमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । कम्तीम...