पर्वत : प्रचण्ड नेतृत्वको सरकारले सशस्त्र द्वन्द्व र क्रान्तिका क्रममा सहादत प्राप्त गर्नेको सूचीमा गण्डकी प्रदेशका झन्डै साढे सात सयजनाको नाम समावेश भएको छ।सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्नेहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिएको छ। जसमा ११ जिल्ला रहेको गण्डकी प्रदेशका नौ जिल्लाका ७४४ जनाको नाम उल्लेख छ। समावेश नभएका दुई जिल्लामा मुस्ताङ र मनाङ रहेका छन्। यसले सशस्त्र द्वन्द्वका वेला ती दुई जिल्लामा कसैले पनि मृत्युवरण गर्न नपरेको बुझाएको छ।नवलपरासी (बर्दघाट सुस्