शिक्षामा बाहिरिने रकम बर्सेनि बढ्दै, ४ महीनामा विदेश अध्ययनमा जाने नेपालीबाट विदेशियो साढे ३८ अर्ब

काठमाडौं । पछिल्लो ४ महीनामा विदेशमा अध्ययन गर्न जाने नेपालीबाट करीब साढे ३८ अर्ब रुपैयाँ बाहिरिएको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को साउनदेखि कात्तिकसम्म नेपालबाट शिक्षाका नाममा ३८ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतले बढी हो । गत आवको पहिलो ४ महीनामा विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले २२ अर्ब ६८ करोड रुपैयाँ लगेका थिए ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यो ४ महीनामा ३३ हजार ८६५ विद्यार्थीले बाहिरी मुलुकमा उच्च शिक्षा अध्ययनका लागि नो अबजेक्सन लेटर (एनओसी) लिएका छन् ।  विप्रेषण आप्रवाह पनि बढ्यो यो अवधिमा विप्रेषण आप्रवाह पनि बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको छ । उक्त अवधिमा विप्रेषण आप्रवाह ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । 

सम्बन्धित सामग्री

चार महिनामा विदेश अध्ययनमा साढे ३८ अर्ब बाहिरियो

चालु आर्थिक वर्षको पहिलो महिना चार महिनामा (साउनदेखि कात्तिकसम्म) वैदेशिक अध्ययनमा करिब साढे ३८ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा विदेश अध्ययनका लागि बाहिरिने रकम ७० प्रतिशतले बढेर ३८ अर्ब ४४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको गत कात्तिक महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ ।

काेषमा ३८ अर्ब ६५ करोड संकलन

सामाजिक सुरक्षा योजनामा ३८ अर्ब ६५ कारोड रुपैयाँ बराबरको योगदान रकम संकलन हुँदा ५ अर्ब ११ करोड रुपैयाँ बराबरको सामाजिक सुरक्षा रकम लाभग्राहीलाई भुक्तनी गरिएको छ । २०७५ साल मंसिरबाट शुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा औपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारी, वैदेशिक रोजगारीमा गएका श्रमिकले हालसम्म ३८ अर्ब रुपैयाँ योगदान रकम जम्मा गरेका […]

३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात

काठमाडौं– नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ ।  गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ […]

आयल निगमले ३८ अर्ब आईओसीलाई तिर्नुपर्ने

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य बढेपछि नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता रकम बढ्न थालेको छ।असार ९ गतेसम्म ३८ अर्ब रुपैयाँ बक्यौता आइओसीलाई भुक्तानी गर्नुपर्नेमा १२ अर्ब मात्र बुझाउन सकिने निगमले स्पष्ट पारेको छ। त्यसपश्चात पनि २६ अर्ब बक्यौता बाँकी नै रहने जनाउँदै निगमले अब प्रत्येक हप्ता मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको जनाएको छ ।

आयल निगमले आईओसीलाई ३८ अर्ब तिर्नुपर्ने

पछिल्लो समय नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता रकम बढ्न थालेको छ । असार ९ गतेसम्म यस्तो बक्यौता ३८ अर्ब पुग्ने निगमले जनाएको छ । त्यतिबेलासम्म तेल बिक्रीबाट १२ अर्ब उठ्ने र आईओसीलाई बुझाइने निगमले स्पष्ट पारेको छ ।

आयल निगमले आईओसीलाई ३८ अर्ब तिर्नुपर्ने

पछिल्लो समय नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता रकम बढ्न थालेको छ । असार ९ गतेसम्म यस्तो बक्यौता ३८ अर्ब पुग्ने निगमले जनाएको छ । त्यतिबेलासम्म तेल बिक्रीबाट १२ अर्ब उठ्ने र आईओसीलाई बुझाइने निगमले स्पष्ट पारेको छ ।

पाँच महिनामै आठ खर्ब ३८ अर्ब बाहिरियो

अर्थतन्त्रका महत्त्वपूर्ण सूचक कमजोर हुँदै गएको चर्चा चलिरहेका बेला चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामै आयात चुलिएको छ । विदेशी मुद्रा सञ्चिति घटिरहेको र शोधनान्तर घाटामा रहेर चाप बेहोरिरहेको आयातबापत छोटो समयमै ठूलो रकम बाहिरिएको तथ्याङ्क सार्वजनिक भएको हो । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको उक्त तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा आयातका लागि आठ खर्ब ३८ अर्ब रुपियाँ बाहिरिएको छ । अघिल्लो वर्षको तुलनामा यो तीन खर्ब रुपियाँभन्दा बढी हो । गत मङ्सिरमा नेपालले पाँच खर्ब २५ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।

आयातका लागि ५ महिनामा ८ खर्ब ३८ अर्ब बाहिरियो

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महिनामा सामान आयातका लागि नेपालबाट ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा भएको गत आव २०७७/७८ को तुलनामा ५९ दशमलव ५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले आयातका लागि ५ खर्ब २५ अर्ब  ४९ करोड रुपैयाँ खर्च गरेको थियो ।पेट्रोलियम पदार्थ आयातमा धेरै रकम खर्च भएको देखिन्छ । त्यसपछि सवारीसाधन तथा पार्टपुर्जा, मेशिनरी तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, टेलिकम्युनिकेशन सामग्री, औषधि, कच्च

आयातका लागि ५ महीनामा रू. ८ खर्ब ३८ अर्ब बाहिरियो

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा सामान आयातका लागि नेपालबाट ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा भएको गत आव २०७७/७८ को तुलनामा ५९ दशमलव ५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले आयातका लागि ५ खर्ब २५ अर्ब  ४९ करोड रुपैयाँ खर्च गरेको थियो । पेट्रोलियम पदार्थ आयातमा धेरै रकम खर्च भएको देखिन्छ । त्यसपछि सवारीसाधन तथा पार्टपुर्जा, मेशिनरी तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, टेलिकम्युनिकेशन सामग्री, औषधि, कच्चा पाम तेल, एमएस बिलेट, सुन र चाँदीका लागि ठूलो रकम बाहिरिएको छ । यस अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भटमास र पामतेल मात्र ५७ अर्ब ९८ करोड रुपैयाँको निर्यात भएको छ । गतवर्षको तुलनामा निर्यात १ सय ५ दशमलव ६१ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । गत आवको सोही अवधिमा नेपालबाट ५० अर्ब ५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । बाहिरी मुलुकबाट कच्चा सोयाबिन र पाम तेल ल्याएर नेपालमा प्रशोधन गरी बाहिरिने गरेको छ । यसले गर्दा निर्यातको वृद्धिदर उच्च देखिएको भए पनि यसले व्यापारघाटामा भने योगदान गरेको देखिँदैन । आयात र निर्यातको सन्तुलन मिल्न नसक्दा ५ महीनामा व्यापारघाटा पनि उत्तिकै बढेको छ ।  चालू आवको  ५ महीनामा नेपालको कुल वैदेशिक व्यापारघाटा ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँको छ । यो गत आवको तुलनामा ५४ दशमलव ७० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापारघाटा  ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ थियो । चालू आवको ५ महीनाको तथ्यांक हेर्दा प्रतिदिन २ अर्बभन्दा बढी व्यापारघाटा हुने गरेको छ । नेपालमा सबैभन्दा बढी आयात भारतबाट हुने गरेको छ । भारतसँग मात्रै ५ महीनामा ४ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपालले भारतमा ८४ अर्बको वस्तु निर्यात गर्दा त्यहाँबाट मात्रै रू. ५ खर्बको वस्तु आयात गरेको छ । पूर्वसचिव चन्द्र घिमिरेका अनुसार कमजोर उत्पादनस्तरमा सुधार गर्दै प्रतिस्पर्धात्मक, तुलनात्मक लाभ र विधि किसिमका वस्तुहरूको उत्पादनमा बढोत्तरी ध्यान दिन नसक्दा व्यापारमा सन्तुलन आउन सकेको छैन । यस्तो खालको उत्पादनमा ध्यान दिने हो भने एकातर्पm आयात प्रतिस्थापन गर्ने र अर्काेतर्फ निर्यात वृद्धि गर्न सकिन्छ । ‘माग विस्तारका कारण आयात धान्न नसक्ने देखियो’ पछिल्लो ५ महीनाको आँकडा हेर्दा निर्याततर्फ सुधार नै भएको देखिन्छ । गत आवमा निर्यात १ खर्ब नाघेको छ । यो पहिलोपटक भएको हो । चालू आवको छोटो समयमै १ खर्ब नाघिसकेका छौं । यही गतिमा जाने हो भने २ देखि अढाइ खर्बको हाराहारीमा यो आर्थिक वर्षमा निर्यात हुने देखिन्छ । तर, आयात त्यो भन्दा ठूलो गतिमा बढेर गएको छ । हाम्रो आयमा जुन विस्तार भएको छ, त्यसले बजारमा माग पनि विस्तार भएको देखिन्छ । मागमा आएको विस्तारले आयात धन्न नसक्ने अवस्था आएको देखियो । अहिले बजारमा चार खाले वस्तुको बढी माग देखिन्छ । त्यो हो, उपभोग्य वस्तु, विलासिताका वस्तु, औद्योगिक कच्चापदार्थ र पूँजीगत लगानीका लागि आउने वस्तुको माग । यीमध्ये विलासिताका वस्तुहरूको माग बढ्नु हाम्रो लागि राम्रो होइन । आयात बढ्नुमा पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्य वृद्धि पनि कारण रहेको देखिन्छ । पूँजीगत लगानीमा आएका वस्तुहरूमा आएका समाग्रीले समेत व्यापारघाटामा सघाउ पुर्‍याएको छ । त्यसले भोलिको दिनमा हामीलाई ‘रिटर्न’ दिने भएकाले आत्तिनु पर्दैन ।

आर्थिक वर्षको पहिलो महिनामै शोधानान्तर घाटा ३८ अर्ब ७५ करोड

चालु आर्थिक वर्षको पहिलो महिना साउनभित्र नेपाल ३८ अर्ब ७५ रुपैयाँ शोधानान्तर घाटामा परेको छ । देशमा भित्रिएको भन्दा ३८ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गत वर्षको साउनमा नेपालको शोधानान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा थियो । विदेशमा रहेका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) घटेपछि शोधानान्तर स्थितिमा गिरावट भएको हो । साउनमा आयात बढ्दा नेपालबाट रकम बाहिरिनु पनि यसको प्रमुख कारण हो ।  यो वर्षको साउन महिनामा विप्रेषण आप्रवाह गत वर्षको साउनम