चालु आर्थिक वर्षको पहिलो महिना साउनभित्र नेपाल ३८ अर्ब ७५ रुपैयाँ शोधानान्तर घाटामा परेको छ । देशमा भित्रिएको भन्दा ३८ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गत वर्षको साउनमा नेपालको शोधानान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा थियो । विदेशमा रहेका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) घटेपछि शोधानान्तर स्थितिमा गिरावट भएको हो । साउनमा आयात बढ्दा नेपालबाट रकम बाहिरिनु पनि यसको प्रमुख कारण हो । यो वर्षको साउन महिनामा विप्रेषण आप्रवाह गत वर्षको साउनम