राष्ट्रिय जनमोर्चाले आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि हुने निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उमेदवारलाई मतदान गर्न पार्टीका जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको विज्ञप्तिमा प्रतिगामी सक्रिय बनिरहेको विद्यमान राजनीतिक परिस्थितिमा गठबन्धनले रिक्त सबै स्थानमा साझा उम्मेदवार उठाउने निर्णय गरेकाले उनीहरुलाई मतदान गर्न निर्देशन दिएका हुन् । पाँच दलीय गठबन्धनले रिक्त १९ सिटमा साझा उम्मेदवार उठाउन गरेको निर्णयको सराहना गरिएको उक्त विज्ञप्तिमा गठबन्धन दललाई धन्यवाद दिन...