ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर ललितपुरलाई समृद्ध बनाउन सकिने बताएकी छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललिपतुर क्षेत्र नं ३ को साझा उम्मेदवार समेत रहेकी मन्त्री भुसालले यहाँको मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्। […]