कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ नमुनाको पीसीआर परीक्षण गर्दा ३८।३५ प्रतिशत अर्थात् ४ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ ।एक जनाबाट संक्रमण धेरै जनामा सरिरहेको स