संक्रमण दर ४० प्रतिशत

कोरोना संक्रमण दर शनिबार करिब ४० प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना अर्थात् ३९.६१ प्रतिशतमा संक्रमण देखिएको छ । यो हालसम्मकै उच्च संक्रमण दर हो । यसअघि गत बिहीबार संक्रमण दर ३८.३५ प्रतिशत थियो । ‘केही दिनयता हामीकहाँ संक्रमण दर भारतको दाँजोमा बढी देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने ।कोरोना संक्रमणले शनिबार १९ जनाको मृत्यु भएसँगै एक सातामा ज्यान गुमाएकाको संख्या १ सय ६२ पुगेको छ । हाल

सम्बन्धित सामग्री

भारतमा बढ्यो कोभिड संक्रमण, एकैदिन ७ हजारभन्दा बढी संक्रमित

नयाँ दिल्ली- भारतमा बिहीबार एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमित देखिएका छन् । यो अघिल्लो महिनाको तुलनामा ४० प्रतिशत बढी हो । महाराष्ट्र र केरलामा संक्रमण दर ह्वात्तै बढेको छ । तीन महिनापछि (९४ दिन) पहिलो पटक बुधबार दैनिक कोभिड संक्रमित दर ५ हजार नाघेको थियो । भारतमा अहिले ३२ हजार […]

युरोप र अमेरिकामा कोरोनाको डर लाग्दो संक्रमण दर

काठमाडौं, पुस २ ।पछिल्लो समय अमेरिका र युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनी लगाएतका देशहरुमा दैनिक संक्रमण दर निकै उच्च बन्दै गएको तथ्याङकले देखाएको छ। २४ घन्टामा अमेरिकामा मात्रै एक लाख २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यहाँ दैनिक संक्रमण दर ४० प्रतिशत रहेको भने […]

काभ्रेमा कोरोना संक्रमण दर घट्दै

काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार ४१९ मा संक्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ। हालसम्मका कूल संक्रमितमध्ये ९७ दशमलब ४० प्रतिशत अर्थात् १४ हजार ४५ संक्रमणमुक्त भइसकेका छन्।