सामाजिक दृष्टिकोणमा घर र परिवार मानिसका लागि सुरक्षित संस्था मानिन्छ तर पछिल्लो समय मानिसहरू घर, परिवारबाटै असुरक्षित हुन थालेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभरि आफन्त र परिवारका सदस्यबाट ५६ जनाको हत्या भएको छ ।१४ जिल्ला रहेको प्रदेश १ आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार ३८४ वटा आपराधिक मुद्दा दर्ता भएकोमा १४३ वटा कर्तव्य ज्यान मुद्दा छन् । तीमध्ये ५५ वटा घटना आफन्त र परिवारका सदस्यको संलग्नतामा भएको तथ्याङ्क छ । प्रहरीका अनुसार उक्त वर्ष आ