पूर्वी पहाडी जिल्लाका किसानलाई कालो सुनको नामले परिचित अलैंची भित्र्याउने चटारो सुरु भएको छ । किसानले लगाएको अलैंची निकाल्ने बेला भएकाले चटारो सुरु भएको हो । नजिकिँदै गरेको ठूला चाडपर्वका लागि खर्च जुटाउनसमेत किसानले अलैंची निकालेर बिक्री गर्ने गरेका छन् ।