ताप्लेजुङ । ताप्लेजुङका किसानलाई यति बेला अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । चाडबाड सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मंसिर महिना अलैंची थक्याउने मुख्य समय हो । ताप्लेजुङका किसानले अलैंचीलाई प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएका हुन् । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मंसिर तेस्रो सातासम्म अलैंची टिप्ने गरिन्छ । […]