अमेरिकाले आफ्ना शत्रुहरूको क्षेप्यास्त्रको जानकारी पाउन तथा तिनलाई ध्वस्त पार्न नयाँ तयारी गरिरहेको छ ।
त्यहाँको रक्षा कम्पनी लकहीड मार्टिनले ४.९ अर्ब डलरको ठेक्का हात पारेको छ । अब यस कम्पनीले यूएस स्पेस फोर्सका लागि तीनवटा मिसाइल वार्निङ स्याटेलाइट बनाउनेछ ।
लकहीड मार्टिनले यी स्याटेलाइटहरू सन् २०२८ सम्ममा अमेरिकी सरकारलाई सुम्पिनेछ । यस अवधिमा कम्पनीले स्याटेलाइट बनाउने, एसेम्बल गर्ने, परीक्षण गर्ने र गुणस्तरको जाँच गर्ने काम गर्नेछ । ह्यान्डओभरपछि कुनै समस्या नआओस् भनी सतर्कता अपनाइनेछ ।
अमेरिका...