व्यापार मेलामा उपभोक्ता

काठमाडौंको भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भएको व्यापार मेलामा सामान अवलोकन गर्दै उपभोक्ता । असार २ देखि ६ गतेसम्म चलेको मेलामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेशलगायत देशका व्यापारी सहभागी थिए ।

सम्बन्धित सामग्री

महिला मेला

छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला अवलोकन गर्दै उपभोक्ता । सोमबार सकिएको मेलामा सातै प्रदेशमा उत्पादित हस्तकला तथा रैथाने सामग्री राखिएको थियो । तस्बिर : पूर्णिमा श्रेष्ठ

चेम्बर एक्स्पो भृकुटीमण्डपमा शुरु

नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको छ । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गरेका हुन्। पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको बताए ।स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रर्वद्धन मार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् । ‘निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागित र सहकार्य विना सम्भवन हुँदैन, उनले भने ‘निकासी प्रर्वद्धन गर्दै व्यापार घाटालाई वान्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसंग सहकार्य गरी अगाडी बढ्न तत्पर छ ।’नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको प्रर्दशनीले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग पु¥याउने प्रधानमन्त्री देउवाले बताए । एउटै प्रर्दशनीमा धेरै किसिमका वस्तुहरु अवलोकन तथा खरिद बिक्री गर्न पाईने भएकाले उपभोक्ता तथा अवलोकनकर्तालाई प्रत्यक्ष फाईदा पुग्ने देउवाको भनाई छ । मुलुकको उद्यमशिलता विकास तथा निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रसंग संधै हातेमालो गरेर अघि बढ्न चाहेको प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाए ।चेम्बर एक्स्पोले वस्तुहरुको बजारीकरण र उपभोक्ताबीचको रुचि र प्रवृत्तिलाई तालमेल पु¥याउन सक्नेमा समेत प्रधानमन्त्री देउवाले जोड दिए । यस्तै एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने र उद्यमी व्यवसायीलाई आफ्नो बस्तुको बजार बिस्तार गर्न सहयोग पु¥याउनेमा प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले कोभिड १९ पछिको असहज परिस्थितीकाबीच चेम्बर एक्स्पो गरिएको बताए । मुलुकको आर्थिक गतिविधीलाई चलायमान बनाउन पनि एक्स्पोले महत्वपुर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मल्लको भनाई छ ।सन् २०१५ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको चेम्बर एक्स्पो कोभिड १९  महामारीका कारणले पछिल्ला केही वर्ष स्थगित गर्नु पर्ने वाध्यात्मक अवस्था सिर्जना भएको अध्यक्ष मल्लले बताए । उनले भने , ‘एक्स्पोलाई चेम्बरले  अवदेखि नियमित वार्षिक कार्यक्रमका रुपमा निरन्तरता दिने पनि  निवेदन गर्दछु ।’ मुलुक भित्र आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका ब्यापार मेला तथा प्रदर्शनीहरुले नवीनतम प्रविधि, उत्पादन,  उपभोक्ताको चाहना एवं वजारिकरण आदि आर्थिक तथा व्यापारिक गतिविधिहरुको प्रत्यक्ष  अवलोकन गर्न सकिने हुनाले चेम्बर एक्स्पोहरुले स्वदेशी उद्यमी व्यवसायी एवं आम उपभोक्ताहरुको लागि अत्यन्तै उपयोगी हुने अध्यक्ष मल्लको भनाई छ । मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रर्दशनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास  गरिएको छ ।मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडिवुटी जन्य बस्तुहरु,  इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य बस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामाग्रीहरु प्रर्दशनीमा राखिएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहकार्यमा आयोजित अन्तराष्ट्रिय मेलामा बंगलादेश पार्टनर कन्ट्रीको रुपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरि १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् ।

चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा बिहिबारबाट, के के छन् आकर्षण ?

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा बिहिबारदेखि शुरु हुँदैछ । कमर्स मेलाको पाँचौ संस्करणको प्रधानमन्त्री शेर बहादुर देउवाले भृकुटीमण्डपमा विहान ११ वजे उद्घाटन गर्ने कार्यक्रम छ ।कोभिड १९ संक्रमण जोखिमका कारण अघिल्ला दुई संस्करण भने रोकिएको थियो । संक्रमण जोखिम कम भएसंगै आर्थिक गतिविधीलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनहरुको प्रर्वद्धन गर्न चेम्बरले पाँचौ अन्तराष्ट्रिय एक्स्पो गर्न लागेको हो । पाँचौ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिईएको चेम्बरले जनाएको छ । चेम्बर एक्सपोमा अन्तराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तराष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहलाई नजिकबाट नियाल्न तथा नेपाली उद्योगी व्यवसायीहरुलाई सहयोेग मिल्ने चेम्बरले बताएको छ ।मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रर्दशनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास  गरिएको छ ।मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडिवुटी जन्य बस्तुहरु,  इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य बस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामाग्रीहरुको प्रर्दशनी एवं बिक्री गरिने आयोजक चेम्बरले जनाएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहकार्यमा आयोजित अन्तराष्ट्रिय मेलामा बंगलादेश पार्टनर कन्ट्रीको रुपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरि १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् । कोभिड १९ बाट शिथिल अर्थतन्त्रलाई  क्रियाशील बनाउने उद्देश्यले विभिन्न राष्ट्रको सहभागितामा अन्तराष्ट्रिय एक्स्पो आयोजना गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘बिगत बर्षहरुमा कोरोना महामारीका कारण चेम्बरबाट आयोजना गरिने एक्स्पो स्थगित भएको थियो । अहिले पाँचौ संस्करण मेला आयोजना गरिएको छ ।’अन्तराष्ट्रिय मेलाले नेपाली उत्पादनको बजारीकरण गर्न तथा अन्तराष्ट्रिय व्यापारिक समुदायलाई सहभागी गराई गतिशील आर्थिक वातावरण निर्माण गर्ने मुख्य उद्देश्य रेहेको मल्लको भनाई छ ।

ट्रेड एक्स्पोबारे आयोजक संस्थाका युवाहरूको प्रतिक्रिया

अनिल शारडा महासचिव, मोरङ व्यापार संघ    वातानुकूलित डोम र उपभोक्ता हिँड्न पर्याप्त ठाउँ भएकाले यसपटकको मेलामा उपभोक्ताले उकुसमुकुस अनुभव गर्नु पर्दैन । चार–पाँच दिनमा ११ करोडको कारोबारले एक्स्पोप्रति उपभोक्ताको आकर्षण कस्तो छ भन्ने स्पष्ट भएको छ । पहिले पहिलेका एक्स्पोमा मुस्किलले एकदेखि दुई घण्टा बस्ने आगन्तुकहरू अहिलेको एसी डोम र मनोरञ्जन कार्यक्रमका कारण चार घण्टासम्म एक्स्पोमै बिताएका छन् । बेलुका ५ बजे आएपछि एक घण्टामा किनमेल गरेर साँझको सांगीतिक कार्यक्रममा सहभागी भएर बेलुका ९ बजे घर फर्कन्छन् । यो अहिले मेलाको दैनिक रुटिन नै हो । वातानुकूलित डोम र उपभोक्ता हिँड्न पर्याप्त ठाउँ भएकाले यसपटकको मेलामा उपभोक्ताले उकुसमुकुस भएको अनुभव गर्नु पर्दैन । विराटनगरमा स्थायी प्रदर्शनी स्थल नहुँदा एउटा एक्स्पोबाट तीन करोड रुपैयाँ बाहिर गइरहेको छ । श्रमशक्ति पनि उत्तिकै खेर गइरहेको छ । मेरो आग्रह–स्थानीय सरकार र संघीय सरकारले विराटनगरमा पाँच बिघा क्षेत्रफलमा एउटा प्रदर्शनी स्थल निर्माण गर्नुपर्छ ।    +++ सञ्जय श्रेष्ठ सचिव, मोरङ व्यापार संघ    एक्स्पोमा बेलुका ५ बजेपछि भीड बढ्दै जान्छ । त्यसलाई व्यवस्थापनका लागि हामीले सुरक्षा समिति नै बनाएरका छौं । कलाकार ल्याउने, उहाँहरूलाई सुरक्षा दिने र विशिष्ट पाहुनालाई स्टेजको अगाडि राख्ने व्यवस्था मिलाइएको छ । युवाहरूको रुचिका राष्ट्रिय कलाकार आउँदा स्वाभाविक रूपमा बढी भीड हुन्छ । यद्यपि हामीले कलाकारको प्रस्तुति र युवाहरूको भीड दुवैको सहज व्यवस्थापन गरेका छौं । कोरोनाका कारण लामो समय मनोरञ्जन गर्न नपाएकाहरू एक्स्पोबाट धेरै उत्साहित छन् । एक्स्पोमा आएर निर्बाध रूपमा रमाइलो गर्ने युवा जमात बढ्दो छ ।   +++     अमित शारडा कार्यकारी सदस्य, मोरङ व्यापार संघ    नेपालमै पहिलोपटक अस्थायी डोममा वातानुकूलित स्टलहरूको सुविधा प्रदान गरेपछि स्थानीयले यसलाई निकै रुचाए । सबैले आगामी दिनमा आयोजना हुने मेलामा पनि सबै स्टल वातानुकूलित डोमभित्रै राख्नुपर्ने सुझाव समेत दिएका छन् । एसी डोमबारे जान्न–बुझ्न, अवलोकन गर्न आउनेहरू पनि धेरै छन् ।  विराटनगरमा अब लाग्ने मेलाहरू यत्तिको स्तरको हुनुपर्छ । आगामी दिनमा शतप्रतिशत एसीयुक्त डोममा स्टल राख्नुपर्छ । यससँगै विराटनगरमा एउटा स्थायी प्रकृतिको प्रदर्शनी स्थलको खाँचो छ । ५ बिघा क्षेत्रफल सहितको प्रदर्शनस्थल निर्माणमा सरोकारवालाहरूले पहल गर्नुपर्छ । एक्स्पोमा उद्योगी, व्यवसायी र स्थानीयवासीको उल्लेख्य सहयोग रहेको छ ।   +++   मनीष मारू  कार्यकारी सदस्य, मोरङ व्यापार संघ    कुनै पनि एक्स्पोको आयोजनाले त्यहाँ दुई प्रकारका मानिस जमघट हुने अवसर सृजना गर्छ । उद्योगीहरूले आफ्नो उत्पादन सोझै उपभोक्तामाझ पुर्‍याउने र उपभोक्ताले पनि सहज रूपमा वस्तु खरीद गर्ने अवसर मेलाले जुटाउँछ । यसले उपभोक्ता र उत्पादकबीचको सम्बन्ध सुमधुर राख्न पनि सघाउँछ । चार वर्षपछि स्थानीयस्तरमा आर्थिक र सामाजिक क्षेत्र चलायमान बनाउन अहिलेको एक्स्पोको महत्त्वपूर्ण भूमिका छ । एउटै स्थलमा विभिन्न सामग्री खरीद गर्न पाउँदा उपभोक्ता उत्साहित छन् । यस्तै विराटनगरमा घुम्ने र मनोरञ्जन गर्ने ठाउँ धेरै नभएकाले पनि उपभोक्ताले एक्स्पोको मजा लिइरहेका छन् ।      +++   गोपाल अग्रवाल कार्यकारी सदस्य, मोरङ व्यापार संघ   एक्स्पोमा सबैभन्दा बढी संवेदनशील विषय विद्युत् भएकाले  यसमा बढी ध्यान दिएको  छु । एक्स्पोमा सरकारले विद्युत्को जडान नि:शुल्क गर्नुपर्ने र खपत भएको विद्युत्को शुल्कमा छूट दिनुपर्नेमा हामीहरूले ट्रान्सफर्मर खोजेर ल्याएर विद्युत्को व्यवस्था मिलाउनुपर्‍यो ।  अस्थायी रूपमा हुने जडानका लागि पनि पूरै शुल्क तिर्नुपर्ने प्राधिकरणको व्यवस्था न्यायिक भएन भन्ने लाग्छ । आम मानिसले १०० रुपैयाँको प्रवेश शुल्क तिर्न आनाकानी गर्छन् । तर आयोजकलाई खर्च धान्न नै कठिन हुन्छ ।    +++   सुशील सुराना कार्यकारी सदस्य, मोरङ व्यापार संघ   युवाहरू अहिले कुनै न कुनै रूपमा सामाजिक सञ्जालमा जोडिइरहेकाले उनीहरूसँग पुग्न सामाजिक सञ्जालले साथ दिएको छ । एक्स्पोको सूचना चाँडै युवामाझ शेयर भइरहेको छ । आईटी संयोजकका रूपमा मैले सामाजिक सञ्जाल हेरिहेको छु । फेसबुक, टिकटक, इन्स्टाग्राममा ट्रेड एक्स्पोका कार्यक्रमहरू लाइभ अपडेट गरिन्छ । युवाहरू अहिले कुनै न कुनै रूपमा सामाजिक सञ्जालमा जोडिइरहेकाले उनीहरूसँग पुग्न सामाजिक सञ्जालले साथ दिएको छ । एक्स्पोको सूचना चाँडै युवामाझ शेयर भइरहेको छ । एउटै कार्यक्रमको भ्यूज २० हजारभन्दा बढी छ । सामाजिक सञ्जालका कारण पनि ट्रेड एक्स्पोमा युवाहरूको आकर्षण बढेको छ । दीपक वज्राचार्यको सांगीतिक प्रस्तुतिमा ५ हजार ७०० ले फेसबुक लाइभ हेरेका थिए ।   +++ वन्दना जैन महिला उद्यमी संयोजक, मोरङ व्यापार संघ    महिला उद्यमीहरूलाई एक्स्पो निकै राम्रो प्लेटफर्म बनेको छ । महिला उद्यमीका स्टलहरूमा निकै भीड लाग्ने गरेको छ । हामीले महिलाहरूको घरेलु उत्पादनलाई समेत एक्स्पोमा प्राथमिकता दिएर समेटेकाले तराईका सुगम जिल्लाबाट मात्र नभएर पहाडका दुर्गम जिल्लाबाट समेत महिला उद्यमीहरूले आफूले उत्पादन गरेका अग्र्यानिक सामग्री लिएर आएका छन् । त्यसैले महिला उद्यमीहरू निकै उत्साहित देखिएका छन् । उनीहरूले अन्य एक्स्पोमा भन्दा बढी सामग्रीहरू विक्री भएकोमा उत्साहित भएको बताएका छन् । अल्लोका कपडा, अचार, जामजेली, जडीबुटी लगायतका स्टलमा महिला उद्यमीको सहभागिता छ । घरेलु उद्योग भए पनि बजारको अभाव भएको भनेर चिन्तामा रहेका उद्यमीहरूले एक्स्पोलाई बजारको रूपमा उपयोग गरेका छन् ।

स्थिर बजारलाई गतिशील बनाउन एक्स्पो

ट्रेड एक्स्पो २०२२ आयोजक समितिका संयोजक विकास वेगवानी विशाल मैदा मिल्स प्रालिका सञ्चालक पनि हुन् । नेपालकै जेठो व्यावसायिक संगठन मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा उद्यमी वेगवानीसँग एक्स्पोको सेरोफेरोमा रहेर आर्थिक अभियानले गरेको कुराकानीको सम्पादित अंश : ट्रेड एक्स्पो किन र केका लागि आयोजना गरिएको हो ? एक्स्पोले उपभोक्ता र उत्पादकबीच सिधा संवादको वातावरण बनाउँछ । सबै किसिमको उत्पादन एकै थलोमा पाउने, उत्पादकले आफ्नो उत्पादनका विषयमा उपभोक्तासमक्ष कुरा राख्न पाउने र उपभोक्ताले पनि उत्पादनको गुणस्तरबारे अथवा थप सुझाव सोझै दिन पाउने भएकाले एक्स्पो आयोजना गरिएको हो ।  संघले लामो अन्तरालमा एक्स्पो गर्‍यो । के कारण थियो ? सन् २०१८ मा ट्रेड एक्स्पो गरिएको थियो । सन् २०१९ मा तयारी गर्दागर्दै कोरोना महामारी शुरू भएर रोक्नुपर्‍यो । त्यसैले ३ वर्षपछि आयोजना गरेका हौं । संघले लामो समयदेखि प्रत्येक वर्ष ट्रेड एक्स्पो गर्दै आएको थियो । यसपटक नवीन रिजालको नेतृत्वमा संघमा नयाँ कार्यसमिति आयो, कोरोना संक्रमण दर पनि कम भएर सर्वसाधारण हिँडडुल गर्न सक्ने स्थिति बनेपछि एक्स्पो आयोजना गर्न सकियो ।  यो एक्स्पोमा विगतको भन्दा केही छ कि ? सबैभन्दा पहिलो, नेपालमा अस्थायी डोमभित्र एसी जडान गरेर एक्स्पो सञ्चालन गरेका छौं । एसी डोमभित्र ८० ओटा स्टल छन् । विराटनगरमा गर्मी शुरू भइसकेकाले अवलोकनकर्तालाई सहज होस् भनेर एउटा डोमभित्र एसी राखेका छौं । अर्को डोममा कुलर छ र अन्य स्टल सामान्य छन् । मूलद्वारमा ‘लन्डन ब्रिज’ राखेका छौं । सेल्फी जोनमा बुर्ज खलिफा, ‘बुर्ज अल अरब’ र रसियाको ‘सेन्ट बेसिल’ राखेका छौं । ता कि सर्वसाधारणले विदेश नभए पनि ती स्थानमा पुगेर फोटो खिचेको अनुभव गर्न सकून् । त्यस्तै, पहिलोपटक एक्स्पोमा बन्जी, स्काई साइकल र जिपलाइन राखेका छौं । त्यसका अलावा घरेलुदेखि ठूला उद्योगसम्मको स्टल छन् ।  यो एक्स्पोले स्थिर रहेको बजारलाई चलायमान बनाउला ? बजारमा नगद प्रवाह कम भएको बेला उपभोक्ताले यहाँ आएर किनमेल गर्दा हुने रोटेसनले स्थिर बजारलाई पक्कै चलायमान बनाउँछ । एक्स्पोमा ४० करोडको कारोबार हुने अनुमान छ । एक्स्पोबाहिर पनि स–साना व्यापारीले कारोबार गरिरहेका छन् । यातायात, होटल र विराटनगर बजारमा पनि यसले चहलपहल बढाउँछ । एउटा धनकुटाबाट आउने उपभोक्ताको ध्येय मेला पनि अवलोकन गर्ने र बजारमा अरू सामान पनि किन्ने हुन्छ । ऊ आएर बस्ने होटल, चढ्ने सिटी रिक्साले पनि आम्दानी गर्छन् । धनकुटाकै पनि स्टलहरू छन् । उनीहरूले पनि आम्दानी गरेर जिल्ला लैजान्छन् । विराटनगरमा एक्स्पो आयोजना भए पनि यसले समग्र प्रदेश १ कै बजारलाई चलायमान बनाउँछ ।  एक्स्पोले प्रदेश १ लाई के फाइदा हुन्छ ? प्रदेश १ लाई समग्रमा एक्स्पोले समेटेको छ । दुर्गमदेखि सुगमसम्मका उत्पादनलाई एक्स्पोले समान अवसर दिएको छ । जिल्लाबाट मेला घुम्न र स्टलमा व्यापार गर्न आउने दुवैले लाभ लिन्छन् । खरीदविक्रीसँगै मनोरञ्जन पनि मेलामा छ । सांस्कृतिक कार्यक्रम र प्रत्येक साँझ नेपालका चर्चित कलाकारको प्रस्तुति छ ।  एक्स्पोमा छूट पनि पाइन्छ ? एक्स्पोमा १० देखि ३० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको छ । एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको ३ लाखले उक्त छूटबाट लाभ लिन सक्छन् ।