ट्रेड एक्स्पोबारे आयोजक संस्थाका पदाधिकारी : उपभोक्ता र उद्योगी दुवैले लाभ लिने थलो

 अनुपम राठी  वरिष्ठ उपाध्यक्ष  मोरङ व्यापार संघ   एक्स्पो उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष संवाद गर्ने थलो हो । एक्स्पोमा उपभोक्ताले उद्योगका विभिन्न उत्पादन एकै ठाउँमा हेर्न,    जान्न–बुझ्न र किन्न पाउँछन् । उद्योगीले पनि प्रत्यक्ष रूपमा उपभोक्तालाई भेटेर आफ्नो उत्पादनबारे प्रतिक्रिया लिन पाउँछन् ।      समग्रमा उपभोक्ता र उद्योगी दुवैले उच्चतम लाभ लिने ठाउँ हो एक्स्पो । कोभिडका कारण लामो समयपछि मेला आयोजना   भएको  छ ।  यो अवधिमा उपभोक्ताले उत्पादनहरूमा आएको नयाँपनका बारेमा थाहा नपाएका हुन सक्छन्, जसबारे यो एक्स्पोमा     जानकारी लिन सकिन्छ । स्टलहरूमा नेपालमै उत्पादित वस्तु धेरै छन् । एक्स्पो उद्घाटनपछि पनि स्टलका लागि ३८ ओटा संस्था/   कम्पनी प्रतीक्षामा रहनुले यसप्रतिको आकर्षण बढेको देखाउँछ । हामीले अब स्थायी प्रदर्शनीस्थलको निर्माणमा जोड दिनुपर्छ । प्रदेश, संघीय सरकारले विराटनगरमा एउटा स्थायी प्रदर्शनीस्थलको निर्माण गर्न आवश्यक छ । किनकि प्रत्येक वर्ष डोम र प्रविधिका लागि बाहिरी देशको भर पर्नुपर्छ । छोटो अवधिमा मेला आयोजना भएको भए पनि सबैको साथले थप उत्साह थपेको छ ।  एक्स्पोले उद्योगी र उपभोक्ता उत्साहित छन् अमित राठी कार्यकारी सदस्य मोरङ व्यापार संघ  विराटनगरको उद्योग व्यापारलाई उपभोक्तासँग जोड्न एक्स्पोको आवश्यकता निकै अगाडिदेखि महसूस गरी आयोजना हुँदै आएको छ । यसपटक भने कोभिडका कारण झन्डै चार वर्षपछि आयोजना हुन पुग्यो । लामो समयपछि आयोजित एक्स्पो परिवार र साथीभाइ भेटघाटको थलो पनि भएको छ । बजारभन्दा सस्तो र धेरै प्रकारका वस्तु एकै स्थानमा पाउँदा उपभोक्ता बढी खुशी देखिएका छन । उद्योगीहरूलाई पनि सहज भएको छ । उत्पादनकर्ताले पनि उपभोक्ताको मनोभावना बुझ्ने अवसर पाउनेछन् । उनीहरूले सोहीअनुसार आफ्नो उत्पादनलाई विविधीकरण गर्न सक्नेछन् । उत्पादनकर्ता–उपभोक्ता सम्बन्ध बलियो बनाउने अवसर  आशिष जाजू  कार्यकारी सदस्य  मोरङ व्यापार संघ   कोभिडको कारण लामो समयको घर बसाइपछि युवाहरू अहिले खुलेर एक्स्पोमा आइरहेका छन् । उत्पादनकर्ताले पनि आफ्नो   उत्पादनले कसरी उपभोक्तालाई आकर्षित गर्ने भनेर विभिन्न स्किम र छूटको व्यवस्था गरेका छन् । पारिवारिक भेटघाट, किनमेल   र मनोरञ्जन थलोको रूपमा एक्स्पोमा उद्घाटनकै दिनदेखि उत्साहजनक भीड छ ।  यसले उत्पादनकर्ता र उपभोक्ताबीचको सम्बन्ध समेत सुमधुर बनाउनेछ । साथै आर्थिक गतिविधि पनि बढाउनेछ । लामो समय   लकडाउनको कारण घरमै खुम्चिएर बसेकाहरूले एक्स्पोमा मनोरञ्जनको अवसर पाएका छन् । एक्स्पोमा बञ्जी जम्प, साइक्लिङ र जिप लाइन आकर्षणका रूपमा रहेका छन् ।  राष्ट्रिय–अन्तरराष्ट्रिय कलाकारको प्रस्तुतिमा आकर्षण देवाशिष गोल्छा  कार्यकारी सदस्य मोरङ व्यापार संघ लामो समयको अन्तरालपछि आयोजित एक्स्पोले यस क्षेत्रका सर्वसाधारण उपभोक्ता, उद्योगी व्यवसायी उत्साहित छन् । घरमै बसेर काम गर्दा दिक्क भएकाहरू अहिले एक्स्पोमा रमाइरहेका छन् । परिवारले किनमेल र मनोरञ्जन गर्न सक्नेगरी एक्स्पोको डिजाइन गरिएकाले यहाँ प्रवेश गरेपछि सबैले आनन्दको अनुभूति गरेको पाएका छौं । नेपालमै पहिलोपटक १७५ भन्दा बढी राष्ट्रिय कलाकारको प्रस्तुति यो एक्स्पोमा रहेको छ, जुन सबै मेलामा सम्भव हुँदैन । यस्तै भारतका जयपुर, दिल्ली, मुम्बई र कोलकातासम्मका कलाकारले प्रस्तुति दिइरहेका छन् । यसपटक विराटनगरमा नयाँ एसीसहितको डोम ल्याएर अर्काे ऐतिहासिक काम गरिएको छ । एक्स्पो सफल बनाउन अहोरात्र लागिपरेका छौं । हाम्रो उद्देश्य प्रदेश १ र विराटनगरवासीको मुहारमा खुशी ल्याउनु नै हो ।  वस्तु खरीदविक्री तथा औद्योगिक प्रविधिबारे बुझ्ने माध्यम  पवन राठी  कार्यकारी सदस्य  मोरङ व्यापार संघ  मेलामा आम स्थानीयको उत्साह हेर्दा करीब ५० करोडको कारोबार हुने अनुमान गर्न सकिन्छ । लामो समयपछि जमघट गर्ने र   साथीभाइ, परिवारबीच रमाउन एक्स्पो साझा थलो भएको छ । यो मेलाको प्रवेशद्वार नै ‘लण्डन ब्रिज’ बनाइएको छ । त्यसले   मानिसलाई प्रवेश गर्दा नै विदेशमा गएको जस्तो अनुभूति दिनेछ ।  यस्तै ‘बुर्ज खलिफा’, ‘बुर्ज अल अरब’ र ‘सेन्ट वेसिल’का प्रतीक   आकर्षण बनेका छन् । एक्स्पोले खरीदविक्री तथा औद्योगिक   प्रविधिको बारेमा बुझ्ने अवसर समेत दिनेछ । एक्स्पोले स्थानीय बजारलाई चलायमान बनाउँछ दिपेश सुवेदी  कार्यकारी सदस्य मोरङ व्यापार संघ एक्स्पो मुख्य रूपमा वस्तु तथा उत्पादन खरीदविक्री गर्ने थलो बनेको छ । यसले स्थानीय बजारलाई पनि चलायमान बनाउँछ । आर्थिक व्यावसायिक क्रियाकलाप हुने भएकाले समग्र अर्थतन्त्रमै यसको सकारात्मक प्रभाव पर्नेछ । एक्स्पोमा नयाँ नयाँ औद्योगिक उत्पादनबारे जान्ने–बुझ्ने अवसरले उपभोक्ता लाभान्वित हुनेछन् । मनोरञ्जनको थलो पनि भएकाले यसमा सबैको आकर्षण देखिएको छ । वर्षेनि यस्तो एक्स्पो आयोजना हुनुपर्नेमा विगतका केही वर्ष कोभिडका कारण गर्न सकिएन । अवस्था सहज भएमा आगामी दिनमा पनि एक्स्पोलाई निरन्तरता दिनेछौं । एक्स्पोले विराटनगर मात्र नभएर प्रदेश १ कै आर्थिक व्यावसायिक सम्भावनाको उजागर समेत गर्नेछ ।

सम्बन्धित सामग्री

जनकपुरधाममा बैंकहरुविरुद्ध उद्योगी व्यापारीहरुको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ – उद्योगी व्यापारीहरुले जनकपुरधाममा बैंकहरुविरुद्ध प्रदर्शन गरेका छन्। आइतबार पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरुविरुद्ध प्रदर्शन गरेको हो। बैंकको चर्को ब्याजविरुद्ध जनकपुरधामस्थित जनकचोकबाट उद्योगी व्यवसायी पीडित संघर्ष समितिले निकालेको र्‍याली राष्ट्र बैंकअगाडि पुगेर धर्नामा परिणत भएको थियो। बैंकहरुको चर्को ब्याजदरविरुद्ध आफूहरुलाई आन्दोलनमा उत्रिनु परेको उद्योगी व्यवसायीहरुले बताए। धर्नामा बोल्दै संघर्ष […]

बैंकको सास्तीविरुद्ध उद्योगी–व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै यहाँका उद्योगी–व्यवसायी आन्दोलित भएका छन्। उद्योगी–व्यवसायीले संघर्ष समिति नै बनाएका छन्।...

ब्याजदर घटाउन उद्योगी–व्यवसायीको माग

म्याग्दी– म्याग्दीका उद्योगी–व्यवसायीले बैंकको ब्याजदर घटाउनमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा उद्योगी, व्यवसायी र बैंक–वित्तीय संस्थाका प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीले बैंकका प्रमुखहरूलाई त्यस्तो आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठले व्यापार तथा व्यवसाय दिनप्रतिदिन खस्कँदै गएकाले व्यापार कम र आम्दानी घटेको प्रसंग उल्लेख गर्दै बैंकहरूले […]

उद्योगी, व्यवसायीद्वारा राष्ट्रबैंक घेराउ

काठमाडौँ : देशभरका उद्योगी व्यवसायीले नेपाल राष्ट्रबैंक घेराउ गरेका छन्।केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका देशभरका उद्योगी व्यवसायीहरूले मंगलवार बालुवाटारस्थित नेपाल राष्ट्रबैंक अगाडि आन्दोलन गरेका हुन्।उद्योगी व्यवसायीहरूले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरूले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंकविरुद्ध सडक संर्घषमा उत्रिएका हुन्।देशभरका उद्योगी व्यवसायीले राष्ट्रबैंक अगाडि पु

उद्योगी-व्यवसायी विभाजित

राष्ट्र बैंकले चालू पुँजी कर्जाको मार्गदर्शन संशोधनमा बीचको बाटो अपनाएपछि उद्योगी व्यवसायी विभाजित बनेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत संस्थामा आवद्ध अधिकांश पदाधिकारीहरु अहिलेको अवस्थामा कर्जा तिर्न केही समय पाएको भन्दै सकारात्मक देखिएका छन् । अरु धेरै उद्योगी–व्यवसायी भने राष्ट्र बैंकले निजी क्षेत्रको माग पूरा नगरेको भन्दै आक्रोशित बनेका छन् । […]

उद्योगी, व्यवसायीको आन्दोलन स्थगित

विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका उद्योगी, व्यवसायीले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्।...

मोरङका उद्योगी व्यवसायीले रोके आन्दोलन

विराटनगर : विराटनगरका उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेका छन्। नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि मोरङका उद्योगी  व्यवसायीले आन्दोलन स्थगित गरेका हुन्।अर्थमन्त्री  पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएपछि आन्दोलन स्थगित भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए। सरकारले माग सम्बोधन गर्ने आश देखाएको उनले बताए। माग सम्बोधन नभए पुनः सडक संघर्षमा फर्किने उनको भनाइ छ। अर्थमन्त्रीसँगको वार्ताका लागि आजै टोली

उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका छन् । गुल्मीमा शुक्रबार गुल्मी चौथो महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका हुन् ।  “अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी र व्यवसायीको महत्वपूर्ण भूमिका हुन्छ ।” खाणले भने, “अर्थतन्त्रलाई महोत्सवले गति निर्माण गर्नेछ ।” उनले विकास निर्माणका काममा उद्योगी र व्यवसायीको निरन्तर सहयोग भइरहेको बताए । गृहमन्त्री खाणले सबै नागरिकको जीवन र

उद्योगी रुक्मशमशेर रहेनन्

नेपालमा बहुराष्ट्रिय कम्पनी डाबरलाई भित्र्याउने उद्योगी रुक्मशमशेर राणाको निधन भएको छ । उनको शनिबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित आफ्नै निवासमा निधन भएको हो । उनी मिर्गौला, सुगर, प्रेसरलगायत रोगबाट पीडित थिए...