स्थिर बजारलाई गतिशील बनाउन एक्स्पो

ट्रेड एक्स्पो २०२२ आयोजक समितिका संयोजक विकास वेगवानी विशाल मैदा मिल्स प्रालिका सञ्चालक पनि हुन् । नेपालकै जेठो व्यावसायिक संगठन मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा उद्यमी वेगवानीसँग एक्स्पोको सेरोफेरोमा रहेर आर्थिक अभियानले गरेको कुराकानीको सम्पादित अंश : ट्रेड एक्स्पो किन र केका लागि आयोजना गरिएको हो ? एक्स्पोले उपभोक्ता र उत्पादकबीच सिधा संवादको वातावरण बनाउँछ । सबै किसिमको उत्पादन एकै थलोमा पाउने, उत्पादकले आफ्नो उत्पादनका विषयमा उपभोक्तासमक्ष कुरा राख्न पाउने र उपभोक्ताले पनि उत्पादनको गुणस्तरबारे अथवा थप सुझाव सोझै दिन पाउने भएकाले एक्स्पो आयोजना गरिएको हो ।  संघले लामो अन्तरालमा एक्स्पो गर्‍यो । के कारण थियो ? सन् २०१८ मा ट्रेड एक्स्पो गरिएको थियो । सन् २०१९ मा तयारी गर्दागर्दै कोरोना महामारी शुरू भएर रोक्नुपर्‍यो । त्यसैले ३ वर्षपछि आयोजना गरेका हौं । संघले लामो समयदेखि प्रत्येक वर्ष ट्रेड एक्स्पो गर्दै आएको थियो । यसपटक नवीन रिजालको नेतृत्वमा संघमा नयाँ कार्यसमिति आयो, कोरोना संक्रमण दर पनि कम भएर सर्वसाधारण हिँडडुल गर्न सक्ने स्थिति बनेपछि एक्स्पो आयोजना गर्न सकियो ।  यो एक्स्पोमा विगतको भन्दा केही छ कि ? सबैभन्दा पहिलो, नेपालमा अस्थायी डोमभित्र एसी जडान गरेर एक्स्पो सञ्चालन गरेका छौं । एसी डोमभित्र ८० ओटा स्टल छन् । विराटनगरमा गर्मी शुरू भइसकेकाले अवलोकनकर्तालाई सहज होस् भनेर एउटा डोमभित्र एसी राखेका छौं । अर्को डोममा कुलर छ र अन्य स्टल सामान्य छन् । मूलद्वारमा ‘लन्डन ब्रिज’ राखेका छौं । सेल्फी जोनमा बुर्ज खलिफा, ‘बुर्ज अल अरब’ र रसियाको ‘सेन्ट बेसिल’ राखेका छौं । ता कि सर्वसाधारणले विदेश नभए पनि ती स्थानमा पुगेर फोटो खिचेको अनुभव गर्न सकून् । त्यस्तै, पहिलोपटक एक्स्पोमा बन्जी, स्काई साइकल र जिपलाइन राखेका छौं । त्यसका अलावा घरेलुदेखि ठूला उद्योगसम्मको स्टल छन् ।  यो एक्स्पोले स्थिर रहेको बजारलाई चलायमान बनाउला ? बजारमा नगद प्रवाह कम भएको बेला उपभोक्ताले यहाँ आएर किनमेल गर्दा हुने रोटेसनले स्थिर बजारलाई पक्कै चलायमान बनाउँछ । एक्स्पोमा ४० करोडको कारोबार हुने अनुमान छ । एक्स्पोबाहिर पनि स–साना व्यापारीले कारोबार गरिरहेका छन् । यातायात, होटल र विराटनगर बजारमा पनि यसले चहलपहल बढाउँछ । एउटा धनकुटाबाट आउने उपभोक्ताको ध्येय मेला पनि अवलोकन गर्ने र बजारमा अरू सामान पनि किन्ने हुन्छ । ऊ आएर बस्ने होटल, चढ्ने सिटी रिक्साले पनि आम्दानी गर्छन् । धनकुटाकै पनि स्टलहरू छन् । उनीहरूले पनि आम्दानी गरेर जिल्ला लैजान्छन् । विराटनगरमा एक्स्पो आयोजना भए पनि यसले समग्र प्रदेश १ कै बजारलाई चलायमान बनाउँछ ।  एक्स्पोले प्रदेश १ लाई के फाइदा हुन्छ ? प्रदेश १ लाई समग्रमा एक्स्पोले समेटेको छ । दुर्गमदेखि सुगमसम्मका उत्पादनलाई एक्स्पोले समान अवसर दिएको छ । जिल्लाबाट मेला घुम्न र स्टलमा व्यापार गर्न आउने दुवैले लाभ लिन्छन् । खरीदविक्रीसँगै मनोरञ्जन पनि मेलामा छ । सांस्कृतिक कार्यक्रम र प्रत्येक साँझ नेपालका चर्चित कलाकारको प्रस्तुति छ ।  एक्स्पोमा छूट पनि पाइन्छ ? एक्स्पोमा १० देखि ३० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको छ । एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको ३ लाखले उक्त छूटबाट लाभ लिन सक्छन् ।

सम्बन्धित सामग्री

यसपटक पनि चितवनमा नै फर्मा एक्स्पो किन?

नेपाल फर्मा एक्स्पो सन् २००५ सालदेखि प्रत्येक दुई–दुई वर्षमा हुँदै आइरहेको छ। पहिलोदेखि छैटौसम्म फर्मा एक्स्पो काठमाडौँमा भएको थियो भने सातौ देखि नवौंसम्मको एक्स्पो चितवनको भरतपुरमा हुँदै आएको छ। काठमाडौँको भृकुटीमण्डपमा हुने एक्स्पोमा सातौ संस्करणदेखि लगातार चितवनमा हुँदै आएको छ।

भृकुटीमण्डपमा सुरु भयो ‘इभी नेपाल एक्स्पो’

काठमाडौँ – आजदेखि काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय गाडीको एक्स्पो (इभी नेपाल एक्स्पो) सुरु भएको छ। एसडी एक्स्पो मिडियाको आयोजनमा आजदेखि सुरु भएको एक्स्पो ३ दिनसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रदर्शनी हो। प्रदर्शनीमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू सहभागी भएका छन्। नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन […]

आजदेखि भृकुटीमण्डपमा इभी नेपाल एक्स्पो सुरु

काठमाडौंको भृकुटीमण्डपमा इभी नेपाल एक्स्पो सुरु भएको छ। एसडी एक्स्पो मिडियाको आयोजनामा आज शुक्रबारदेखि सुरु भएको एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ। नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले...

इभी नेपाल एक्स्पो हुँदै

एक्स्पो मिडियाको आयोजनामा इभी नेपाल एक्स्पो हुने भएको छ। एस डी एक्स्पो मिडियाको प्रमुख आयोजक रहेको एस्पोको सह-आयोजक भने इन्डियन एक्जिबिसन सर्भिसेस रहेको।...

आजबाट नाडा एक्स्पो सुरु

काठमाडाैँ- आजबाट नाडा एक्स्पो सुरु हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा एक्स्पो सुरु हुन लागेको हो। अब नाडा इभी एक्स्पो २०२२ मा सहभागिता जनाउनका लागि अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको छ। यो एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रूपमा सहभागी हुनेछ भने युएसएड क्लिन एयरले नलेज पार्टनरको रूपमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको सञ्चालन गर्ने […]

२३औं फ्लोरा एक्स्पो बिहीबारदेखि

२३औं फ्लोरा एक्स्पो ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने भएको छ। फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र १० गते बिहीबारदेखि १३ गतेसम्म एक्स्पो आयोजना हुने जानकारी गराएको...

विराटनगरमा ट्रेड एक्स्पो हुने

मोरङ व्यापार संघले विराटनगरमा चैतको दोस्रो सातादेखि ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ।

तेस्रो हाइड्रो एक्स्पो चैत तेस्रो साता

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा आगामी चैत १८ देखि २० गतेसम्म एक्स्पो हुन लागेको हो। एक्स्पो काठमाडौंको भृकृटीमण्डपमा हुनेछ।...

तेस्रो ‘हिमालयन हाइड्रो एक्स्पो’ हुने

नेपालमा उत्पादित विद्युतको बजार र खपत बढाउने लक्ष्यसहित तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक (इप्पान) को आयोजनामा चैत १८ देखि २० गतेसम्म एक्स्पो आयोजना हुने भएको हो ।ईप्पानका उपाध्यक्ष आशिष गर्गले उत्पादित बिजुली खेर गएपछि त्यसको बजार खोज्ने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए । ‘यसअघि बिजुली उत्पादन नभएर १८ घण्टे लोडसेडिङ भोगियो,’ उनले भने, ‘अहिले बिजुली बढी भएर खेर जाने समस्या भइरहेको छ ।’ यही समस्या समाधान