राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ पछि नेपाल काँग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको बताए । ‘देश सामान्य अवस्थाबाट देखेजस्तो छैन । इतिहासकै कठिन ढंगबाट चलिरहेको छ’, उनले भने, ‘ठिक ढंगले निर्णय गर्न सकेनौ भने असफल राष्ट्रका रुपमा देखा पर्न सक्छ ।’ उनले गणतन्त्र, धर्मनिर