पाकिस्तानको खैबर पख्तनुख्वा प्रान्तमा भएको ‘बस दुर्घटना’ मा ९ जना चिनियाँ नागरिकसहित १३ को मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ४ जना पाकिस्तानी नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डासु जलविद्युत् आयोजनामा काऱ्यरत चिनियाँ नागरिकसहितको टोली बोकेको बस बुधबार विस्फोटपछि खोलामा खसेको बताइएको छ ।