काठमाण्डाै – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेश मन्त्री माइक पोम्पियोबीच टेलिफोनमा वार्ता भएको छ । मन्त्री ज्ञवाली र पोम्पियोबीच आज दिउँसो वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कोरोना महामारीको सन्दर्भमा दुई देशले भोगेका अनुभव साटासाट भएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ...