प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चितवनको अयोध्यापुरीमा राम मन्दिरको निर्माण भएसँगै सो क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुने बताउनुभएको छ । मंगलबार चितवनमा अयोध्या क्षेत्र र चितवन माडी क्षेत्रको अवलोकन तथा सम्बोधन कार्यक्रममा एमाले अध्यक्ष ओलीले माडीमा राम मन्दिर क्षेत्र दुनियाँकै लागि ध्यान गर्ने तपोभूमि बन्ने बताउनुभयो । बागमती प्रदेशमा अवस्थित चितवनमा भारत र चीन दुवैतिर सीमाना जोडिएको हुनुपर्ने भनाई पनि उहाँले राख्नुभयो ।