हैदराबादका खेलाडी शाहमा कोरोना

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट क्लब सनराइजर्स हैदराबादका खेलाडी विजिनाल्डम शाहमा कोरोना संक्रमण देखिएको छ ।  उनमा मंगलबार कोरोना संक्रमण देखिएको क्रिक इन्फोले बताएको छ । हैदराबाद खेलाडीमा कोरोना संक्रमण देखिएको दोस्रो टोली हो ।  शाहमा कोरोना देखिएसँगै हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेल के हुने भन्ने अन्योल भएको छ...

सम्बन्धित सामग्री

मेस्सीसहित पिएसजीका चार खेलाडी कोरोना भाइरसबाट संक्रमित

फ्रेन्च लिग वान क्लब पेरिस सेन्च जर्मेन (पिएसजी) का चार खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा लियोनल मेस्सीसहितका खेलाडी हुन् । यस्तै ख्वान बेर्नाट, नाथन बुतुमाजाल र सर्जिओ रिकोमा संक्रमण पुष्टि भएको हो । मेस्सीसहितका चारै खेलाडी अहिले आइसोलेशनमा छन् ।

स्पेनिस टेनिस खेलाडी नाडाललाई कोरोना संक्रमण पुष्टी

एजेन्सी । स्पेनिस टेनिस खेलाडी रफायल नाडाललाई कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । २० पटकका ग्रान्डस्लाम विजेता नाडालले हिजो सामाजिक संजालबाट आफूलाई कोभिड संक्रमण भएको सार्वजनिक गरेका हुन् । युएईको आबुधाबीमा आयोजना भएको मुबाडाला विश्व टेनिस च्याम्पियनसिपमा सहभागिता जनाएर घर फर्किएपछि नदाललाई कोरोना संक्रमण देखिएको हो । च्याम्पियनसिपको सेमिफाइनलमा नदाल बेलायती खेलाडी एन्डी मरेसँग […]

टोटनहमका आठ खेलाडीमा देखियो कोरोना

काठमाडौं । इंग्लिस क्लब टोटनहमका आठ जना खेलाडी तथा पाँच जना कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको छ । पछिल्लो पटक खेलाडी र क्लब कर्मचारीमा गरेको परीक्षणमा टोटनहमका आठ जना खेलाडी तथा पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको टोटनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले बताएका छन् । युरोपा कन्फेरेन्स लिग अन्तर्गत रेनसविरुद्धको खेल अघि टोटेनहमका खेलाडीमा कोरोना […]

भारतीय क्रिकेटर ऋषभ पन्तसहित दुई खेलाडी कोरोना संक्रमित

एजेन्सी।भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तसहित दुई खेलाडी कोरोना संक्रमित भएका छन्।एक रिर्पोटले यी तीन खेलाडीमध्ये एक एकको रिपोर्ट नेगेटिभ आइसकेको खुलाएको छ।२३ जुनमा साउथह्याम्पटनमा भएको वल्र्ड टेस्ट च्याम्पियनशिपपछि भारतीय टोलीका सबै खेलाडी छुट्टी मनाइरहेका थिए।टोलीका ब्याट्सम्यान रोहित शर्मा र अजिक्या रहाणे एकसाथ घुम्न निस्कदा पन्त युरो हेर्न पुगेका थिए।त्यस्तै रविचन्द्रन आश्विन पनि विम्बलन्डन टेनिस हेर्न पुगेका थिए।

इङ्ल्यान्डका तीन खेलाडी सङ्क्रमित

काठमाण्डाै – तीन खेलाडी र चार कर्मचारीसहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि इङ्ल्यान्ड क्रिकेट बोर्डले नयाँ १८ सदस्यीय टिमको घोषणा गरेको छ । नयाँ टिममा नौ जना राष्ट्रिय टिमबाट डेब्यू गर्ने खेलाडी रहेका छन् । यो टिमको कप्तान बेन स्टोक्स रहेका छन् ।पाकिस्तानसँग एकदिवसीय सिरिज सुरु हुनभन्दा दुई दिनअघि इङ्ल्यान्डका तीन खेलाडी र चार कर्मचारीमा कोरोना पुष्टि भएको हो । इङ्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी)का अनुसार सङ्क्रमित खेलाडी र कर्मचारीलाई आइसोलेशनमा पठाइएको छ । उनीहरूको सम्पर्कमा आएका बाँकी खेलाडी र सदस्यहरूलाई क्वरेण्टीनमा ...

इंग्ल्यान्ड क्रिकेट टोलीका ३ खेलाडी र ४ स्टाफमा कोरोना भाइरसको संक्रमण

एजेन्सी। पाकिस्तानसँगको एकदिवसीय सिरिज अघि गरिएको परीक्षणमा इंग्ल्यान्ड क्रिकेट टोलीका ३ खेलाडी र ४ स्टाफमा कोरोना संक्रमण देखिएको छ। इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले खेलाडीसहित ७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो। बोर्डले कोरोना संक्रमित खेलाडी र स्टाफको नाम भने गोप्य राखिएको र उनीहरु सेल्फ आईसोलेसनमा बसिसकेको बताएको छ। बोर्डले अलराउण्डर बेन स्टोक्स कप्तानको रुपमा टिममा फर्किएको जनाएको छ।

खेलाडी कोरोना संक्रमित भएपछि बंगलादेश र श्रीलंकाबीचको खेल रद्द

एजेन्सी। बंगलादेश भ्रमणमा रहेको श्रीलंकान क्रिकेट टिमका बलिङ प्रशिक्षक चामिन्डा भास तथा बलर इसुरा उदाना र शिरान फर्नान्डोलाई कोरोना भाइरस संक्रमण देखिएको छ। विश्वकप सुपर लिगअन्तर्गत श्रीलंकाले आजबाट बंगलादेशविरूद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै थियो। तर खेलाडीमा कोरोना संक्रमण देखिएपछि आजको खेल स्थगित भएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ। अन्य खेलाडी दोस्रो आरटी-पीसीआर टेष्टको नतिजा कुरिरहेका छन्।

आईपीएलमा कोरोना संक्रमित सात खेलाडी

एजेन्सी। भारतमा कोरोनाको दोस्रो लहरको तीव्र फैलावटकाबीच पनि आईपीएल जारी रहेको छ। आईपीएलका खेलाडीमा कोरोना पुष्टि नभएको भने होइन। हालसम्म आईपीएलका सात खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ। कोरोना संक्रमित हुनेमा कोलकाताका तीन खेलाडी नीतीश राण, वरुण चक्रवर्ती र सन्दिप वारियर, दिल्लीका दुई खेलाडी अक्षर पटेल र एनरिक नोर्खिया र बैंगलोरका दुई खेलाडी देवदत्त पडिकल र ड्यानियल साम्स छन्।