काठमाडौं- नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर संशाेधन गर्न निर्देशन दिएपछि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गरेका छन्। वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको नयाँ ब्याजदर प्रकाशित गरेका थिए। बैंकहरुको उक्त निर्णयले पुँजी बजारमा गम्भीर असर देखापरेपछि राष्ट्र बैंकले अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशत परिवर्तन नहुने गरी संशाेधन गर्न मंगलबार निर्देशन दिएको थियो। […]