एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफूले गल्ती गरेको स्वीकार गरेका छन् । श्रीलंका दशकयताकै सबैभन्दा खराब आर्थिक सङ्कटमा पुगेको छ । राष्ट्रपतिले आफ्ना गल्ती सच्याउने संकल्प गरेको बताएका छन् । राजापाक्षेले सोमबार १७ मन्त्रीको नयाँ मन्त्रिपरिषद् गठन गरेका थिए, जसमा उनका दाजु प्रधानमन्त्री महिन्दा राजापाक्षे उनको परिवारको तर्फबाट एक मात्र सदस्य रहेका छन् । राष्ट्रपतिले नयाँ मन्त्रिपरिषद् अगाडि आफ्नो गल्ती स्वीकार गरेको बताएका हुन्।