हालै बेलायतको भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई यहाँको गैरआवासीय नेपाली सङ्घले गैरआवासीय नेपालीहरूका लागि नेपाली नागरिकता निरन्तरताको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । सङ्घ युकेका अध्यक्ष प्रेम गाहा मगरसहितको टोलीले हस्तान्तरण गरेको सो ज्ञापनपत्रमा नेपालको मूल कानुन, ऐन, नियम तथा सरकारको नीति तथा कार्यक्रममा आवश्यक परिवर्तन गर्नुपर्ने , नियम–कानुनले समेटेका र देशले नीतिगत रूपमा स्वीकार गरिएका भएपनि अस्पष्टता भएका र कार्यान्वयन हुन नसकेका विषय र सरकारको