काठमाडौँ: लामो रस्साकस्सीपछि शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्यो। प्रधानमन्त्री निवास बालुवाटारमा करिब ४० मिनेट बसेको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीमा देखिएको विवादबारे सवाल-जवाफ भएको थियो।
प्रचण्डले सामूहिक रुपमा सचिवालय बैठक बोलाउन माग गर्दै बुझाएको पत्रको जवाफमा प्रधानमन्त्री ओलीले खुमलटारमा गुटबन्दी गरेको भन्दै आक्रोश