काठमाडौं : काठमाडौं महानगरपालिकाले कर तिर्न २४ घण्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपमा रहेको फनपार्कले कर रकम बुझाएको छ।महानगरको राजश्व विभागका निर्देशक डा.शिवराज अधिकारीका अनुसार फनपार्कले बिहीबार झण्डै २० लाख रुपैयाँ कर बुझाएको हो। फनपार्कले मनोरञ्जन करबापत १७ लाख ३६ हजार र व्यवसाय करबापत २ लाख ६१ हजार रुपैयाँ तिरेको उनले बताए। उनका अनुसार मनोरञ्जन कर पाँच वर्षको र व्यवसाय कर सात वर्षको हो। फनपार्क रहेको जग्गा भाडामा लगाएको समाज कल्याण परिषदले महानगरलाई तिर्नुपर्ने बहाल कर पनि १० वर्षदे