यसरी निर्धारण हुने भयो चालु पुँजी कर्जाको सीमा, दायाँबायाँ भए पुरै रकम प्रोभिजन गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले चालू पूंजी कर्जासम्बन्धी मार्गदर्शन जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालूपुँजी प्रकृतिका कर्जाको औचित्य, प्रभावकारिता तथा सदुपयोगिता सुनिश्चित होस् भन्ने अभिप्रायले मार्गदर्शन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र पूर्वाधार विकास बैंकले चालु पुँजी कर्जा प्रदान गर्न सक्ने छन् । मार्गदर्शनमा ग्राहकको वार्षिक कारोबार वा बिक्रिको आधारमा चालु पुँजी कर्जा प्रदान गरिने उल्लेख छ ।मार्गदर्शनमा चालू पुँजी कर्जाको सीमा निर्धारणबारे प्रष्ट ब्यबस्था गरिएको छ । २ करोड सम्मको चालु पुँजीकर्जा र २ करोड माथिको चालु पुँजी कर्जाको सीमा फरक फरक तरिकाले निर्धारण गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।२ करोडसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारणफर्म संस्था/ कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल रु.२ करोड वा सोभन्दा कम रकमको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू जी कर्जा सीमा कायम गर्नुपर्दछ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ।तर, इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको Operating Cycle, Cash Conversion Cycle, Days Sales Outstanding, Inventory Conversion Period, Lead Time, Accounts Payble Period आदिको विश्लेषण गर्दा विशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबार बिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन् ।बैंक तथा वित्तीय संस्थाले चालू पुँजी कर्जाको सीमा स्वीकृत गर्नु अघि फर्म संस्था कम्पनीको चालू सम्पत्तिको परीक्षण तथा मूल्याङ्कन गरी कर्जा सीमा र Drawing Power को यथार्थपरक विश्लेषण गर्नुपर्दछ । यस्तो विश्लेषणबाट प्राप्त Drawing Power को आधारमा कर्जा प्रवाहको सीमा निर्धारण गर्नुपर्दछ।२ करोडभन्दा बढी चालू पुँजी कर्जाको सीमा निर्धारणमार्गदर्शन अनुसार फर्म÷संस्था÷कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल रु.२ करोडभन्दा बढी रकमको चालू पँुजी कर्जाको सीमा निर्धारण गर्दा चालू पुँजी आवश्यकताका वश्लेषण गर्दा Permanent Working Capital Need र Fluctuating Working Capital Needको पहिचान गर्नुपर्दछ । Fluctuating Working Capital Need को लागि अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम २५ प्रतिशतले हुन आउने रकमभन्दा बढी नहुने गरी कर्जा सीमा स्वीकृत गर्नुपर्दछ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ । बैंक तथा वित्तीय संस्थाले Permanent Working Capital Need को लागि कम्तीमा ५ वर्षको आवधिक प्रकृतिकोकर्जा प्रदान गर्नुपर्दछ । चालूपुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा ५ वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा ३ वर्षको लेखापरीक्षण भएको विवरणको विश्लेषण गरी आप्mनो चालू पुँजी कर्जासम्बन्धी नीतिबमोजिम गर्नुपर्दछ ।व्यावसायिक कारोबार सुरु भएको तीन वर्षभन्दा कम अवधि भएका वा नयाँ फर्म÷संस्था÷कम्पनीको हकमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालूपुँजी कर्जासम्बन्धी नीतिबमोजिम सीमा निर्धारण गर्न सक्नेछन्।बैंक तथा वित्तीय संस्थाले चालू पूँजी कर्जाको सीमा स्वीकृत गर्न अघि फर्म संस्था कम्पनीको चालू सम्पत्तिको भौतिक परीक्षण तथा मूल्यांकन गरी कर्जा सीमा र Drawing Power को यथार्थपरक विश्लेषण गर्नुपर्दछ । यस्तो विश्लेषणबाट प्राप्त Drawing Power को आधारमा कर्जा प्रवाहको सीमा निर्धारण गर्नुपर्दछ।इजाजतपत्रप्राप्त संस्थाले चालू जी कर्जाको आवश्यकता विश्लेषण गर्दा रु २ करोडभन्दा कम चालू पँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा समेत Permanent Working Capital Need पहिचान भएमा कुल रु २ करोडको सीमाभित्र रही Fluctuating Working Capital Need को लागि १ वर्षभन्दा कम अवधिको कर्जा तथा Permanent Working Capital Need को लागि कम्तीमा ५ वर्षको आवधिक प्रकृतिको चालू पुँजी कर्जा प्रदान गर्न सक्नेछन् ।दायाँबायाँ गरे पुरै रकम प्रोभिजन गर्नुपर्ने मार्गदर्शनमा चालू पुँजी कर्जा सदुपयोगितासम्बन्धी प्रष्ट व्यवस्था गरिएको छ  । जस अनुसार चालूपुँजी कर्जाको रकम व्यावसायिक प्रयोजनको लागि मात्र प्रयोग भएको यकीन गर्नुपर्दछ । उक्त रकम व्यावसायिक प्रयोजनबाहेक असम्बन्धित व्यक्ति वा साझेदार÷प्रोप्राइटर÷संचालक÷ कर्मचारीलाइ भुक्तानी गर्न वा रकमान्तर गर्न पाइने छैन । यसरी भुक्तानी गरेको पाइएमा सम्पूर्ण चालू पँुजी कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । चालूपुँजी प्रकृतिको कर्जा उपयोग गर्ने ऋणीको चल्ती खाता र कर्जा खाता छुट्टाछुट्टैसंचालन गर्नुपर्नेछ । ऋणीको व्यवसायको सम्पूर्ण नगद प्रवाह, इजाजतपत्रप्राप्त संस्थामा रहेको चल्ती खातामार्पmत् हुनु पर्दछ । यस्तो खातामा व्यवसायको Revenue वा sales proceed जम्मा गर्ने व्यवस्था गर्नुपर्नेछ ।  कर्जा रकम व्यावसायिक प्रयोजनका लागि कर्जा खाताबाट सोभैm रकमान्तर गरेर मात्र कारोबार गर्नुपर्दछ । मासिक रुपमा कर्जा सीमाको दुई प्रतिशतभन्दा बढी रकम सोझै वा अन्य खातामा रकमान्तर गरेर नगद झिक्न पाइनेछैन ।चालू पुँजी कर्जाको रकमबाट कुनै पनि प्रकारको कर्जाको प्रयोजन÷प्रयोगसँग असम्बन्धित भुक्तानी (किस्ता÷साँवा÷ब्याज÷अन्य शुल्क) गर्न पाइनेछैन । चालूपुँजी कर्जाको रकमबाट कुनै पनि किसिमको कर्जा भुक्तानी भएको पाइएमा जुन कर्जा भुक्तानी भएको हो सो कर्जा भुक्तानी नभएकोमानी प्रचलित व्यवस्थाबमोजिम कर्जा वर्गीकरण गर्नुपर्ने र भुक्तानी भएकोरकम पुनः चालूपुँजी कर्जा खातामा फिर्ता गर्ने व्यवस्था गर्नुपर्दछ । तर, प्रतीतपत्र खोल्दाका बखत स्वीकृत गरिएको चालूपुँजी कर्जा प्रवाह गरी आयातसँग सम्बन्धित कर्जा चुक्ता गर्न सकिनेछ ।४ प्रकारको  चालू पूंजी कर्जाउक्त मार्गदर्शन  अनुसार फर्म,संस्था, वा कम्पनीले विभिन्न ४ प्रकारको चालू पुँजी कर्जा प्राप्त गर्न सक्ने छन् । राष्ट्र बैंकले क्यास क्रेडिट कर्जा , अल्पकालीन अवधिको कर्जा, आयात निर्यातसँग सम्बन्धित कर्जा, र चालू पुँजी प्रयोजनको आवधिक कर्जा लिन सकिने गरि  चालू पुँजी कर्जाको बर्गिकरण गरेको हो । कुन कर्जा कस्तो ? क) क्यास क्रेडिट कर्जाऔद्यौगिक एवम् व्यापारिक कम्पनी फर्म संस्थाको चालू सम्पत्ति व्यवस्थापनका लागि सोही चालू सम्पत्ति धितोलाई दृष्टिबन्धक (Hypothecation) र वा धरौट बन्धक (Pledge) र/वा धितोबन्धक (Mortgage) राखी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नवीकरणयोग्य कर्जालाई क्यास क्रेडिट कर्जा मानिनेछ।ख)अल्पकालीन अवधिको कर्जाऔद्यौगिक एवम् व्यापारिक कम्पनी फर्म संस्थाको अल्पकालीन चालू पूँजीको आवश्यकतालाई पूर्ति गर्न सोही चालू सम्पत्ति धितोलाई दृष्टिबन्धक (Hypothecation) र/वा धरौट बन्धक (Pledge) र वा धितोबन्धक (Mortgage) गरी निश्चित अवधि तोकी एकमुष्ट कर्जा प्रवाह र एकमुष्ट भुक्तानी हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जालाई अल्पकालीन अवधिको कर्जा मानिनेछ । यस्तो कर्जा नवीकरणका लागि योग्य हुने छैन ।ग) आयात निर्यातसँग सम्बन्धित कर्जाऔद्योगिक तथा व्यापारिक प्रयोजनका लागि खोलिएका प्रतीतपत्र वा अन्य माध्यमबाट मालसामान आयात निर्यात गर्दा गराउँदा Proforma Invoice मा उल्लेखित रकमको सीमासम्मको रकम भुक्तानी गर्ने प्रयोजनका लागि प्रदान गरिने कर्जालाई आयात निर्यातसँग सम्बन्धित कर्जा मानिन्छ । यस कर्जाअन्तर्गत ट्रस्ट रिसिट लगायतका कर्जा पर्दछन् ।घ)चालू पुंजी प्रयोजनको आवधिक कर्जाव्यवसायको चालू पुँजीको आवश्यकता मूल्यांकन गर्दा स्थिर प्रकृतिको आवश्यकता Permanent Working Capital Need लाई कम्तीमा पाँच वर्ष अवधिको आवधिक कर्जा प्रदान गर्नुपर्दछ । यस्तो कर्जालाई चालू पुँजी प्रयोजनको आवधिक कर्जा मानिने छ । 

सम्बन्धित सामग्री

चालु पूँजीको सीमा निर्धारण गर्ने जिम्मा बैंकलाई दिन सीबीफीनको माग

१८ मंसिर, काठमाडौं । बैंकका लगानीकर्ताहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले चालु पूँजी कर्जाको सीमा निर्धारण गर्ने जिम्मेवारी बैंक तथा वित्तीय संस्थालाई नै दिनुपर्ने माग गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक …

चालुपुँजी कर्जाको सीमा बैक र ऋणीको आवश्यकता अनुसार निर्धारण होस् : चेम्बर

काठमाडौँ- चालु पुँजी कर्जा सम्वन्धमा राष्ट्रबैंकको पछिल्लो व्यवस्था व्यवसाय क्षेत्रमैत्री हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। उद्योगको हकमा केही सकारात्मक देखिएको चालु पुँजी कर्जा सम्बन्धी नयाँ व्यवस्था जीडीपीमा महत्वपूर्ण हिस्सा ओगट्ने व्यवसाय क्षेत्र मैत्री हुनुपर्ने चेम्बरले जनाएको हो। चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रबैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेर केही राहत दिन खोजेको […]

चालु पुँजी कर्जाको सीमा बढ्यो

काठमाडौँ – नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ। केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो व्यवस्था गरेको हो। राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगको हकमा रु तीन करोडसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गरेको हो। […]

चालु पुँजी कर्जा मार्गदर्शन फिर्ता लिन उद्योग व्यापार महासंघको आग्रह

१४ असोज, बुटवल । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शनप्रति नेपाल उद्योग व्यापार महासंघ लुम्बिनीले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले कर्जा मार्गदर्शन मार्फत २ करोड भन्दा कम पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबारको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजी कर्जा सीमा कायम गरेको […]

चालु पुँजी कर्जा मार्गदर्शन फिर्ता लिन आग्रह

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शनप्रति नेपाल उद्योग व्यापार महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले कर्जा मार्गदर्शन मार्फत २ करोड भन्दा कम पूँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबारको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पूँजी कर्जा सीमा कायम गरेको थियो । त्यसैगरी कर्जा  अवधिको सिमा १ वर्ष वा  सोम भन्दा कम हुनुपर्ने र यस्तो कर्जा सीमा नवीकरण योग्य हुने  लगायतको मापदण्ड तोकेको छ ।  त्यसैगरी र

चालु पूँजी कर्जाको सीमाले व्यवसायीलाई हतोत्साहित बनायो : चेम्बर

१३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको चालु पूँजी कर्जाको सीमाले व्यवसायीलाई हतोत्साहित बनाएको नेपाल चेम्बर अफ कमर्सले प्रतिक्रिया दिएको छ । चालु पूँजी कर्जाको सीमा निर्धारण बैंक तथा वित्तीय संस्थाहरु एवं उद्योगी व्यवसायीबीचको समन्वयमा हुनुपर्ने भन्दै चालु पूँजी कर्जा सम्बन्धमा राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको चेम्बरको निष्कर्ष छ । नेपाल […]

चालु पुँजी कर्जाको सीमा अव्यावहारिक : महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले उत्पादनमूलक उद्योग र व्यवसायका लागि चालु पुँजी कर्जाको सीमा फरक–फरक निर्धारण गरिनुपर्ने सुझाएको छ । उद्योगको प्रकृतिअनुसार फरक–फरक चालु पुँजी रकम आवश्यक पर्ने हुँदा २ करोडभन्दा बढी चालु पुँजी कर्जाको सीमा २५ प्रतिशत मात्र गरिनु अव्यावहारिक रहेको महासंघको भनाइ छ ।

उद्योग र व्यवसायमा चालु पुँजी कर्जाको सीमा फरक फरक राख्न महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालु पुँजी कर्जाको सीमा फरक फरक निर्धारण गरिनुपर्ने सुझाव दिएको छ । उद्योगको प्रकृतिअनुसार फरक फरक  चालु पुँजी रकम आवश्यक पर्ने हुँदा २ करोडभन्दा बढी चालु पुँजी कर्जाको सीमा २५ प्रतिशत मात्र गरिनु अव्यवहारिक रहेको महासंघको भनाइ छ ।

राष्ट्र बैंकले चालू पुँजी कर्जाको सीमा तोक्यो

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जामा कडाइ गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमार्फत प्रवाह हुने चालू पुँजी कर्जाको सीमा निर्धारण गरेको हो । राष्ट्र बैंकले यस्तो कर्जामा कडाइ गर्न...

मौद्रिक नीतिबाट निजी क्षेत्र उत्साहित तर कार्यान्वयनमा शंका

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिबाट सरोकारवालाहरू उत्साहित भएका छन् । यद्यपि वर्तमान परिस्थितिमा नीति कार्यान्वयनमा शंका व्यक्त गरिएको छ ।  मौद्रिक नीतिमा बैंकहरूबीचको मर्जरलाई प्रोत्साहन गरिएको भन्दै सरोकारवालाहरू खुशी देखिएका छन् । पर्यटन क्षेत्रमा पनि कर्जाको सीमा निर्धारण गरी विपन्न वर्गमा सूचीकृत गर्ने मौद्रिक नीतिको उद्घोषलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई गत वर्षदेखि दिइएको राहतलाई निरन्तरत...