नेपाल उद्योग वाणिज्य महासंघले उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालु पुँजी कर्जाको सीमा फरक फरक निर्धारण गरिनुपर्ने सुझाव दिएको छ । उद्योगको प्रकृतिअनुसार फरक फरक चालु पुँजी रकम आवश्यक पर्ने हुँदा २ करोडभन्दा बढी चालु पुँजी कर्जाको सीमा २५ प्रतिशत मात्र गरिनु अव्यवहारिक रहेको महासंघको भनाइ छ ।