नेकपा माओवादी केन्द्रले मंसिर ४ गते शनिबार देशभर वडा अधिवेशन गर्दैछ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट शनिबार बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।सोही क्रममा कास्कीका पाँच पालिकाका ७२ वटै वडामा एकै पटक अधिवेशन हुने भएको छ । पार्टीको निर्देशनअनुसार तोकिएको समयमै सबै वडामा अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको माओवादी केन्द्रका पोखरा महानगर इन्चार्ज दीपक कोइरालाले जानकारी दिए । उनका अनुसार कास्कीका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिने छ